पुस्तकले शिक्षाबारे पनि विस्तृत विवेचना गरेको छ । विदेशी सहयोगको उपयोगिताबारे दृष्टिकोण दुई खेमामा विभाजित भए जस्तै शिक्षाको विषयमा पनि यस्तै दुई धार देखिन्छन् । एउटा धारले भन्छ, कक्षामा विद्यार्थीको सङ्ख्या बढाएर शिक्षकको शिक्षण क्षमता बढाए शिक्षाको स्तर माथि जान्छ । अर्को धारले तर्क गर्छ, होइन सङ्ख्या बढाउनु मात्रै समाधान होइन । शिक्षा नीतिले शिक्षाको वास्तविक माग प्रतिबिम्बित गर्नुपर्छ अर्थात् कुन सन्दर्भ सुहाउँदो कस्तो शिक्षा दिने भन्ने प्रश्न त्यत्तिकै महइभ्वपूर्ण हुन्छ । यदि विपन्न घरपरिवारले अन्य लगानी गर्दा फाइदा हुन्छ भन्ने अनुभूति शिक्षामा पनि देखे भने उनीहरू केटाकेटीलाई स्तरीय शिक्षा दिन स्वतः लगानी गर्छन् । लेखकद्वय यो प्रश्नलाई माथि उल्लिखित दुइटै दृष्टिकोणबाट विवेचना गर्छन् र भन्छन्, चुनौती स्तरीय शिक्षा प्रदान गर्नु हो । प्रचलित सहस्राब्दी विकास लक्ष्यले शिक्षाको प्रश्न समेटेको त छ तर स्तरीय शिक्षा कसरी दिने भन्ने कुरा समेटेको छैन । बाँच्न र जीवनयापन गर्न जरूरी हुने आधारभूत क्षमता उपलब्ध गराई, आधुनिक प्रविधिलाई शिक्षकको सहयोगीको रूपमा प्रयोग गरेर विपन्न घरपरिवारले हाल पाउँदै गरेको शिक्षाको स्तर माथि लान सकिन्छ । यसो गर्दा तुलनात्मक रूपमा सम्पन्न घरपरिवारले बढी फाइदा त पाउँछन् तर वृहत्तर शिक्षा प्रणालीलाई नै टेवा पुग्ने हुँदा हाल केही पनि नपाइरहेका विपन्न घरपरिवारका केटाकेटी पनि स्तरीय शिक्षाको उपलब्धताबाट लाभान्वित हुन सक्छन् ।
Book Title: Poor Economics: rethinking poverty & the ways to end it
Winners of the 2019 Nobel prize in Economics
Writer: Abhijit V. Banerjee, Esther Duflo
Reviewed by: Aashraya Dixit
पुअर इकोनोमिक्स: रिथिङ्किङ पोभर्टी एण्ड दि वेज टु इन्ड इट
लेखक: अभिजित भी. बनर्जी र एस्थर डुफ्लो
समीक्षक: आश्रय दीक्षित