हिन्दुत्ववादको लेखागार (Manthan Bhadra – 2075)

Gita Press and The Making of Hindu India by Akshaya Mukul

हिन्दुत्ववाद राजनीतिक विचारधारा हो । सो विचारधाराको आधारभूमि हिन्दू धर्म भएकाले भारतका बहुसंख्यक मानिस हिन्दुत्ववादी राजनीतिबाट प्रभावित छन् । त्यति मात्र होइन, हिन्दुत्ववादी राजनीति वर्तमान भारतीय सत्ताको मियो बनेको छ । सो विचारधाराको फैलावट र सफलता भारतीय लोकतन्त्रका लागि खतरा भएको उदारवादी र वामपन्थीहरूको निचोड छ । हिजो जरा गाड्दै गएको भनेर दाबी गरिएको भारतको लोकतन्त्रमाथि हिन्दुत्ववादको प्रभाव सवार भएपछि उनीहरू चिन्तित छन् । त्यसैले हिन्दुत्ववादबारे अध्ययन गर्न उत्प्रेरित भएका छन् । पत्रकार तथा अन्वेषक अक्षय मुकुलको कृति गीता प्रेस एण्ड द मेकिङ्ग अफ हिन्दू इन्डिया त्यही चिन्ता र उत्प्रेरणाको दसी हो ।

Book: Gita Press and The Making of Hindu India         पुस्तक: गीता प्रेस एण्ड मेकिङ्ग अफ हिन्दू इन्डिया
Author: Akshaya Mukul                                                                          लेखक: अक्षय मुकुल
Publisher: Harper Collins, India, 2015                                                प्रकाशक: हार्पर कोलिन्स, भारत, २०१५

Reviewer: Ujjwal Prasai                                                                          समीक्षक: उज्ज्वल प्रसाई

Download Document