मेलम्ची, सिन्धुपाल्चोक–२०७२

ISET Nepal - Art Competition at Melamchi

सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट)–नेपाल र जुगल चौतारी नामक स्थानीय संस्थाको संयुक्त आयोजनामा वि. सं. २०७२ वैशाख १२ मा आएको भूकम्पपछि कसरी सुरक्षित रहन सकिन्छ भन्ने उद्देश्यले विद्यार्थीहरुले परिकल्पना गरेका चित्रहरु प्रतियोगितामा कोरिएका थिए । सिन्धुपाल्चोकका सामुदायिक र सरकारी विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा भूकम्पपछिको सुन्दर वस्तीको परिकल्पनाले चित्र सजिएका थिए । महत्वपूर्ण र संवेदनशील विषयमा आपूmहरु प्रत्यक्ष सहभागी भएर कला प्रस्तुत गर्न पाएकोमा विद्यार्थीहरु हौसिएका थिए ।