बैठकभित्र आइपुगेका ध्यानवाद (McDonaldisation Masala McGospel and Om Economic)

पहिले पहिले आफूले चाहेका कुरा खोज्नपथ्र्यो, त्यसको लागि मिहिनेत गर्नुपथ्र्यो । हिजोआज बीमाको योजना होस वा निर्माणको परामर्श, सबै हाम्रा बैठक कोठामा आइपुग्न थालेका छन् । अरू त पर जाओस, आस्थाको कुरा पनि खोज्नुपर्दैन । गेरुबस्त्र धारण गरेका रामदेव हुन वा इभानजीकल महानायक जो ओस्टिन, हरेक प्रकारका आस्थाको प्रसारण बैठक कोठाको टेलिभिजन सेटमा उपलब्ध हुन सक्छ । रिमोट थिच्नेबित्तिकै विश्वभर प्रसारण हुँदै गरेका धर्म र आस्थाका टेलिभिजन च्यानलहरू भटिन्छन् । यस्ता अग्रसरताहरूका कारण पुजारी उपभोक्ता सिर्जना गर्दछ न कि इश्वरसित जोडिएका आस्तिक व्यक्तिहरू । आस्था र धर्म सुपरमार्केट र मलहरूमा बेचबिखन गरिने वस्तुसरह भएको छ । यो सन्दर्भलाई विश्वव्यापीकरणको एउटा प्रतिफल मान्दै पुस्तकले सो विश्वव्यापी प्रक्रियालाई साँस्कृतिक र धार्मिक परिदृश्यबाट विवेचना गर्ने प्रयास गरेको छ ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/01/Kartik-2071_6-9_Baithakbhitra-aaipugeka-dhyanbad_4-end.pdf