एकल पहिचानः हिसाको जन्मदाता (Identity and Violence: The Illusion of Destiny)

व्यक्तिको पहिचान स्थापित गर्ने क्रममा हिंसात्मक द्वन्द्व भएका थुप्रै दृष्टान्त विश्वमा भेटिन्छन् । एक थरी व्याख्याता भन्दछन्—“आफ्नो आधारभूत आवश्यकता पूरा नभएपछि मानिसले हिंसात्मक बाटो लिन्छ ।” आलोचकहरूका अनुसार त्यसो होइन, पहिचानको खोजी र यसको स्थापना गर्ने क्रममा हिंसाले प्रवेश पाउँछ । आफ्नो पहिचान कायम गराउन मानिस अर्काको ज्यान लिन वा आफ्नो ज्यान दिन पछि पर्दैन । यसरी आफ्ना पहिचान स्थापना गर्दा अरूसँगको साझा पहिचान भने गुम्न सक्दछ, जसकारण चिनारी प्रस्ट्याउन प्रश्न जटिल बन्दै जान्छ ।

More read: