उदार अर्थराजनीतिक चिन्तनमा देखिएका चुनौती (Political Order and Political Decay)

विश्व राजनीतिक व्यवस्था (वल्ड पोलिटिकल अर्डर) का बारेमा लेख्न विश्लेषकहरू धेरै छन । तर उदारवादी अथराजनीतिसँग वैचारिक सामीप्य राखेर विश्व राजनीतिको विश्लेषण गर्न प्रभावशाली लेखकहरू आधा दर्जनभन्दा बढी गणनामा आउँदैनन् । ‘गणनामा आउनु’लाई तिनको लिखतलाई महाशक्ति राष्ट्रको प्रमुख, सहयोगी राष्ट्रको नीति निर्माता एवं राष्ट्र प्रमुखहरूले समेत नीतिगत रूपमा अनूदित गरेको भन्ने अर्थमा लिन खोजिएको हो । केही वर्षअगि देहान्त भएका स्यामुयल पी. हन्टिङटन (अप्रिल १८, १९२७—डिसेम्बर २४, २००८) तिनै विद्वानहरूमध्ये एक थिए । उनले लेखेका किताबहरूमध्ये पोलिटिकल अर्डर इन चेन्जिङ सोसाइटिज, दी थर्ड वेभ, दी क्ल्यास अफ सिभिलाइजेसन र हु आर वी इण्ड इमिग्रेसन बहुचर्चित रहे । यी चारवटा किताब अमेरिकी तथा युरोपेली शासकहरूको लागि अन्तराष्ट्रिय राजनीतिमा आफ्नो विदेश नीति तय गर्न मार्गदशक सिद्धान्त नै बनेभन्दा हन्छ । तेस्रो किताबको प्रभाव त बितेको लगभग तीन दशकयता पश्चिम एसियामा गुन्जिरहेको बम र बारुदको धुवाँमा पनि देख्न सकिन्छ ।

Read more:

http://isetnepal.org.np/wp-content/uploads/2020/01/Fagun-2071_Uddar-aartharajanitik-chintanma-dekhiyeka-chunauti8-10.pdf