स्वचिन्तनको प्रयास (You are the World)

युआर द वल्र्ड नामका पुस्तक दार्शनिक जे.  कृष्णमूर्तिले दिएका प्रवचनहरूको सङग्रह हो । पुस्तकमा कृष्णमूर्तिले ब्रान्डिज विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय वर्कले, स्ट्यानफोर्ड विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालय सान्ताक्रुजमा दिएका १२ वटा प्रवचन समाविष्ट छन् । मानवीय समस्या, स्वतन्त्रता, मृत्यु, प्रेम आदिलाई उनले आफ्नो प्रवचनको विषयवस्तु बनाएका छन् भने केही मुख्य विषयहरूलाई बुँदागत रूपमा संक्षेपीकरण पनि गरेका छन् । प्रवचनका लागि धर्म—दर्शनका कुनैपनि पुस्तकको अध्ययन नगरेको दाबी कृष्णमूर्ति गर्छन् । आफ्ना अनुयायीहरूलाई पूर्वीय दर्शनले स्वीकारेका गुरु–चेलाबीच हुने ज्ञान साटासाटका बाटा नलिएर अनसन्धानमूलक सहकार्य अगाडि बढाउन कृष्णमूर्ति आह्वान गर्छन् । उनी भन्छन, “सँगै अगाडि बढौ र नयाँ अनुभूति गरौ ।” पुस्तकमा उनका मौलिक विचार प्रस्तुत गरिएका छन्, यद्यपि लेखकको विचारसँग सहमत नै हुनुपर्छ भन्ने छैन, असहमति जनाउन हामी स्वतन्त्र छौं ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/02/Baishakh-2074_swachintanko-prayas_4-end.pdf