वर्तमान विश्व रङ्गमञ्चमा दक्षिण एसियाली मुलुक पाकिस्तानको एउटा एकोहोरो विम्ब बनेको छ । पाकिस्तान भनेको सैन्य शासन, दुर्घटनाग्रस्त प्रजातन्त्र, भारतको विरोधी, आत्मघाती धमाका, आतङ्कवाद एवं अति धर्मवादी तालिवानको प्रभाव भोग्दै गरेको देश हो । यस विम्बमा त्यस मुलुकको प्रतिनिधित्व गर्ने भूभाग, समाज र पकृतिको विविध रङले स्थान पाउने गर्दैन । अझ पाकिस्तान भएर बग्ने मानव–सभ्यताको धरोहर सिन्धु नदी र यसको महात्म्यबारे त चर्चा पनि हुँदैन, यद्यपि पूजाआजा गर्दा सिन्धु नदी समावेश भने छ— ‘गङ्गे च यमुनेश्चैव गोदावरी सरस्वती, नर्मदे सिन्धु काबेरी जलेस्मिन् सन्नी धीम्कुरु ।’एलिस अलबिनियाको पुस्तक द इम्पायर अफ द इन्डस द स्टोरी अफ अ रिभर सिन्धु नदी अर्थात इन्डसको गाथा हो ।
More read: