शिक्षकका निम्ति विशेष उपयोगी कृति
सामान्यतः सांसारिक जीवन भोगमा रहेका मानिसमा आध्यात्मिक कृति पढ्ने चलन पाइन्न । धेरैले यसलाई ‘पोस्ट–रिटायरमेन्ट’ बसिबियाँलोका रूपमा लिने गरेका छन् । तर सांसारिक जीवन भोग र कर्मकै क्रममा यस्तो अध्ययन र चिन्तन अझ् बढी उपयोगी हुन्छ । भगवद् गीता यस्तो एउटा विषय हो, जसको अध्ययन–मनन कुनै उमेर र पेशा वा व्यवसायसँग सीमित छैन । शिक्षक र राजनीति गर्नेका लागि यो अझ् महत्वको छ । यस्ता कृतिको अध्ययनले मानिसमा अनावश्यक लोभलालच, द्वेष, हिंसाबाट मुक्त रहँदै सबै अवस्थामा समभाव राख्ने स्वभाव र चिन्तनको विकास गर्छ । यस सम्बन्धमा प्राध्यापक भूचन्द्र बैद्यका कृतिहरू अध्ययनीय र मननीय छन् |
Hey Krishna ! पुस्तक: हे कृष्ण !
Author: Bhuchandra Baidhya लेखक: भूचन्द्र बैद्य
Publisher: Educational Publishing House, Kathmandu, 2074 प्रकाशक: एडुकेशनल पब्लिशिङ्ग हाउस, काठमाडौं, २०७४
ISBN: 9789937551885 आइएसबियन: ९७८९९३७५५१८८५
Reviewer: Krishna Khanal समीक्षक: कृष्ण खनाल