२०७५ असोज १९ गते रामेछापको सुनापति गाउँपालिकास्थित स्थानीय डहू उच्च माध्यमिक विद्यालयमा अन्तर सुनापति गाउँपालिका माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । सो गाउँपालिकाभरि रहेका उच्च माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका उक्त प्रतियोगितामा “जलवायु परिवर्तन र रामेछापको खडेरी” विषयमा विभिन्न चित्रहरु कोरिएका थिए । ३० जना प्रतियोगी र करिब २० जना अप्रतियोगी विद्यार्थीहरुले स्वतःस्पूmर्त ढङ्गले आफ्नो कला प्रस्तुत गरे । आइसेट–नेपाल र कोरम–नेपालको संयुक्त आयोजनामा भएको सो प्रतियोगिता डहू उच्च माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो ।