केही महीनायता मध्यपूर्वको इराक, टर्की र सिरिया आसपासको क्षेत्रमा आइएसआइएस नामक सङ्गठनले इस्लामी खालिफेट निमार्ण गर्ने उद्देश्यअनुरूप हिंस्रक आन्दोलन गर्दै छ । पछिल्ला युद्धपछि इराकबाट आफ्नो सेना फिर्ता बोलाएको ओबामा प्रशासनले आइएसआइएसको ठेगानाहरूमा बमबारी शुरू गरेको छ । बमबारीमा युरोपेली मुलुक पनि संलग्न छन् । प्रश्नहरू उठछ, परिणाम कस्तो होला ? आफ्नो मुलुकबाट निकै टाढाको युद्धमा पश्चिमी मुलुकहरू किन होमिन पुगे ? इतिहासकारहरू यस्तो युद्धबारे विवेचना गर्दै छन् । बेलायती इतिहासकार माइकल बर्लेका स्मल वार्स फार अवे प्लेसेस विगतका यस्ता युद्धहरूको इतिवृत्त समेटेको पुस्तक हो ।
More detail: