मान्छेको मृत्यु निश्चित छ । कसैको मृत्यु प्राकृतिक हिसाबले हुन्छ त, कसैको दुर्घटनामा; रोग लागेर वा हिंसा वा युद्धमा परेर । चिकित्सा विज्ञानले मानिसलाई निरोगी बनाउन वा मृत्युलाई पर सार्न धेरै उपलब्धि हासिल गरेको छ । मान्छेको जीवन आज चिकित्सा विज्ञान र अस्पतालसित गाँसिएको छ । वृद्धावस्थाका व्यक्ति वा बिरामीको घरमा मृत्यु भए टिप्पणी हुने गर्छ— विचरा अस्पताल नपुगी गएछन ! नेपालको पूर्वप्रधानमन्त्री सुशील कोइरालाको एक्कासी निधन हुदा उनका चिकित्सक डा. मानबहादुर केसीले ‘आधुनिक युगमा पनि कोइरालाको निधन अस्पतालमा नभएको’ भन्दै दुःख व्यक्त गरेका थिए ।
More read:
http://isetnepal.org.np/wp-content/uploads/2020/01/Bhadra-2073_Maran-aghika-kura_1-2.pdf