भारतमा टेलिफोन क्रान्तिको कथा (Dreaming Big: My Journey to Connect, Manthan – Fagun 2073)

dreaming big my journey to connect india

Book: Dreaming Big: My Journey to Connect              पुस्तक: ड्रिमिङ विगः माइ जर्नी टु कनेक्ट इन्डिया

Author: Sam Pitroda                                                          लेखक: साम पित्रोदा र डिभिड च्यानफ

Publisher: Penguin Books, India                                     प्रकाशक: पेन्गुइन बुक्स इन्डिया, २०१५

Reviewer: Prasansha Thapa                                             समीक्षक: प्रशंसा थापा

सन् १९८० को दशकसम्म भारतको टेलिफोन सेवा निकै खराब थियो भन्ने यथार्थ हिजोआज विश्वास नलाग्न सक्छ । तर त्यो कतिसम्म खराब थियो भने टेलिफोनमा सम्पर्क हुन नसकेका नाटकीय दृश्यहरू बलिउड चलचित्रका नियमित अंग हुने गर्थे ।

भारतको त्यही टेलिफोन प्रणालीको स्तर सुधार्न सत्यनारायण गङ्गाराम पित्रोदा भन्ने व्यक्तिले महत्वपूर्ण भूमिका खेलेका थिए । ड्रिमिङ विगः माइ जर्नी टु कनेक्ट इन्डिया तिनै पित्रोदाको आत्मकथा हो । यो कथा उनले डिभिड च्यानफसँगको सहलेखनमा प्रकाशित गरेका हुन् । सत्यनारायण एक सामान्य व्यापारीका छोरा थिए । उनको जन्म भारतको उडिसा राज्यको तितिलागडमा भएको थियो । आठ वर्ष पुगेपछि पित्रोदालाई उनका आमाबाबुले गुजरातको एउटा स्कूलमा पढ्न पठाए । गुजरातमै उनले भौतिकशास्त्रमा एमएस्सी डिग्री हासिल गरे ।

 

Download Document