सन २०१५ को अन्त्यतिर दिल्ली विमानस्थलमा पी. साइनाथद्वारा लिखित ‘एभ्रीवन लभ्स ए गुड ड्राउट’ पुस्तक देखे । इ.स. १९९६ मा प्रकाशित त्यो चर्चित पुस्तक पढन मौका मिलेको थिएन, त्यसैले छापिएको १९ वर्षपछि भए पनि पढन मन लाग्यो र किने । सन २०१६ शुरू भएपछि नेपाललगायत भारतका उत्तर र पश्चिमी राज्यहरू लामो खडेरीका चपेटामा परे र खानेपानीको हाहाकारदेखि किसानको आत्महत्याको प्रकरण सञ्चारजगतमा चर्चाका विषय बने । यसपालिको खडेरी चल्दै गर्दा मलाई त्यो किताब पढने मौका मिल्यो ।
More read: