सर एन्थोनी बार्नेस ‘टोनी एट्किन्सन’ बेलायती अर्थशास्त्री हुन् । झ्न्डै चार दशकदेखि सम्पत्ति वितरण र असमानताबारे बृहत् खोज र अनुसन्धानमा संलग्न छन् उनी । बेलायतका विभिन्न कलेज र विश्वविद्यालयहरूमा लामा समय अध्यापन रिसक े का एट े किन्सनका ् सन् १९६६ देखि २०१५ सम्ममा ५० भन्दा बढी अर्थशास्त्र सम्बन्धी एकल र संयुक्त पुस्तकहरू, ३५० को हाराहारीमा खोज तथा अनुसन्धानमूलक लेख–रचना प्रकाशित छन् । ७२ वर्षीय एट्किन्सन उदारवादी पूँजीवादी अर्थशास्त्रीहरूले सम्मानसाथ लिने नाम हो । एट्किन्सनले सन् २०१५ मा इनइक्वालिटीः ह्वाट क्यान बी डन ? नामक पुस्तक लेखे जसलाई हार्वर्ड युनिभर्सिटी प्रेसले छापेर बजारमा ल्यायो । उदारवादी अर्थशास्त्रीहरूका गुरु मानिने एट्किन्सनको यो चर्चित पुस्तक सन् २००८ को बृहत्–मन्दीपछि असमानतामाथि लेखिएका झ्ण्डै आधा दर्जन प्रभावकारी पुस्तकमध्ये एक हो ।
Book: Inequality: What Can Be Done? पुस्तक: इनइक्वालिटीः ह्वाट क्यान बी डन ?
Author: Anthony B. Atkinson लेखक: एन्थोनी बार्नेस ‘टोनी एट्किन्सन’
Publisher: Harvard University Press, May 2015 प्रकाशक: हार्वर्ड युनिभर्सिटी प्रेस, मे ११, २०१५
Reviewer: Hari Rokka समीक्षक: हरि रोका