यही सन् २०१९ मनसुन अगाडि भारतको चेन्नाई सहरमा भएको पानीको हाहाकारले हामी सबैलाई चिन्तित तुल्यायो। चेन्नाईमा करिब ४१ प्रतिशत पानी पर्न कम भएको र मनसुनअगाडिनै पिउने पानी संकलन र बाँडफाड गर्न प्रयोग भएका ताल र खोला पूर्ण रूपमा सुके। त्यसबेला चेन्नाईमा प्लास्टिकका बोतलमा पाइने पानीको मूल्य ४ गुणा बढेको थियो। कार्यालयमा पिउन तथा शौचालयमा प्रयोग गर्न पानी अभाव भएपछि कतिपय संस्थाले त आफ्ना कर्मचारीलाई घरमै बसेर कार्यालयका काम गर्नसमेत निर्देशनदिए। मनसुनको वर्षाले भने केही राहत दिएको छ।
More Read: www.nagariknetwork.com