पहिलो पटक वसन्तपुरमा आयोजना गरिएको चित्रकला प्रतियोगिताको सकात्मक सन्देश आएपछि लगत्तै विद्यार्थीहरुको हौसला बढाउँदै काभ्रेपलान्चोक जिल्लाको, पाँखचालमा अर्को चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट)–नेपालले स्थानीय गैरसरकारी संस्था मैना बाल विकाससँगको सहकार्यमा यो प्रतियोगिता आयोजना गरिएको थियो । जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा कोरिएका चित्रहरुको प्रतियोगिता स्थानीय सर्वमङ्गला माध्यमिक विद्यालयमा भएको थियो । १० वटा सामुदायिक विद्यालयबाट २० जना विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगिताको रेडियो सगरमाथाले प्रसारणसमेत गरेको थियो ।