नेपाली गार्मेन्ट उद्योगको उत्थान र अवसान

पुस्तक ः डेथ अफ एन इण्ड्रष्टी ः द कल्चरल
पोलिटिक्स अफ गार्मेन्ट म्यानुयाक्चरिङ
ड््युरिङ द माओइस्ट रिभोलुसन इन नेपाल
लेखक ः मल्लिका शाक्य
प्रकाशक ः क्याम्ब्रिज युनिभर्सिटी प्रेस, २०१८
पृष्ठ ः १६२+
मूल्य ः रु. ९५२÷–
समीक्षक ः विनोद सिजापति

औद्योगीकरणलाई आधुनिकीकरणको प्रतिबिम्बको रूपमा हेर्नेचलन छ । अर्थशास्त्रीहरूमाझ् औद्योगिकीकरणको अभावमा आर्थिक विकास सम्भव हुँदैन भन्ने मान्यता छ । ढिलो शुरू गरिएको भए पनि नेपालको औद्योगीकरणको इतिहास झ्ण्डै एक शताब्दी पुरानो भइसकेको छ । तर पनि अर्थतन्त्रमा यस क्षेत्रको योगदान दशकौंदेखि ६ प्रतिशतको हाराहारीमा रुमलिंदैछ । अगाडि बढ््नका  निम्ति विगतमा भएका औद्योगीकरणका प्रयासले भोगेका समस्या तथा चुनौतीको सही पहिचान आवश्यक हुन्छ । अन्यथा, वर्तमानमा उठाइने पहलकदमीहरूमा पुराना कमी–कमजोरी दोहोरिने सम्भावना  रहन्छ जसले गर्दा विगतकै नियति भविष्यमा पनि भोग्नुपर्ने हुन्छ ।Katik-2075

http://isetnepal.org.np/wp-content/uploads/2018/12/Katik-2075.pdf