तस्करीको राज (Taskariko Raj, गैडालाई चार वर्ष)

चितवन राष्ट्रिय निकुञ्जमा सहायक वाड नभएर गैडा संरक्षणमा भूमिका निर्वाह गरेका कमलजङ्ग कुँवरको पहिलो कृति हो, गैडालाई चार वर्ष । राष्ट्रिय निकुञ्जमा गैडा चोरी–सिकारी गर्न कुख्यात अपराधीको मृत्यु प्रकरणमा लेखक स्वयं ज्यान मुद्दामा षडयन्त्रपूर्वक जेल चलान भएका थिए । त्यसको तीन वर्षपछि वि. सं. २०६६ मा आफ्नो कार्यकालको अनुभव र अनुभूति संगालेर पाठकसमक्ष प्रस्तुत भएका हुन, उनी । वन्यजन्तु तस्करमा संलग्न दलालहरूलाई सघाउन, सुरक्षा दिन र त्यसबाट मोटो रकम लिन पल्केका नेपालका कैयौं घरानिया, दरवारिया, उच्च नेता, व्यापारी, प्रशासक, प्रहरी तथा सैनिक अधिकारी र आफूलाई नागरिक समाजका अगुवा भन्ने व्यक्तिहरूको नाम उल्लेख गर्न हिम्मत गरेका छन्, लेखकले पुस्तकमा  । पहिलो कृति भए पनि प्रस्तुतिमा सरलता, स्पष्टता र निर्भिकता छ ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/02/Manthan_Year-4-Vol-3-2011-April-2067-Chaitra_Taskariko-Raj_1-4.pdf