वि. सं. २०७५ असोज १९ मा रामेछाप जिल्लाको डहू माध्यमिक विद्यालय, सुनापाति गाउँपालिका डहूमा जलवायु परिवर्तन, नागरिक बिज्ञान र रामेछापको खडेरी विषयमा चित्रकला प्रतियोगिता आयोजना गरियो । जिल्लाको ५ वटा माध्यमिक र उच्च माध्यमिक विद्यालयका २३ प्रतियोगी र १३ अप्रतियोगिता विद्यार्थीले उल्लेखित विषयमा आफ्नो कला प्रस्तुत गरे । प्रतियोगी विद्यार्थीहरु कक्षा ९ र १० का थिए भने अप्रतियोगी विद्यार्थी कक्षा ४ देखि ८ सम्मका थिए । कुल ३६ जना विद्यार्थी सहभागी भएको उक्त चित्रकला प्रतियोगिताको आयोजना सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट)–नेपाल र कोरम नेपालले ग¥यो भने युनिभर्सिटी अफ वायोमिङ, अमेरिका, जल तथा मौसम विज्ञान विभाग, सोहाम–नेपाल, आइएचपी–नेपाल, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालय,काठमाडौँ इन्ष्टिच्युट अफ एप्लाइड साइन्स र रिचामको सहयोग प्राप्त भएको थियो । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना तथा सहभागी विद्यार्थीहरुलाई क्रमशः पदक, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो भने गतवर्षको चित्रहरु प्रयोग गरी बनाइएको टेबल–क्यालेन्डर वितरण गरियो । खडेरीले आक्रान्त रामेछापको वस्तुस्थितिबारे विद्यार्थीहरुले स्वतःस्पूmर्त ढङ्गले पेन्सिल र रङको संयोजनले कागजमा उतारेका थिए ।