हिमालय ह्रासको सिद्धान्त
विश्वव्यापी चुनौतीका रूपमा खानेपानीको अभाव, पदूषण, वनविनाश र भू–क्षयजस्ता समस्याहरू सन् १९७० को दशक सुरु हुनुअघिदेखि नै देखापर्न थालिसकेका थिए । सन् १९७२ मा सम्पन्न स्टकहोम वातावरण सम्मेलन यस्ता चुनौतीहरू समाधान गर्ने उपायहरू पत्ता लगाउने उद्देश्यले आयोजना भएको थियो । त्यस दशकमा नेपालको हिमालय क्षेत्रले पनि विश्वव्यापी चासो पायो । पर्वतारोही एवं हिप्पीहरूले रुचाउने देश भनेर चिनिने नेपालको पहाडी क्षेत्र वनविनाशका कारण मरुभूमि बन्दै वातावरणीय ह्रासको केन्दविन्दुमा परिणत हुँदै छ भन्ने विश्लेषणसहित १९७६ मा प्रकाशित भयो इरिक एकहोल्मको पुस्तक लुजिङ ग्राउन्ड: इनभारोमेन्टल स्ट्रेस एन्ड द वल्र्ड फुट प्रस्पेक्ट्स । आफ्नो अध्ययनमा उनले भनेका थिए — “एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा दाउराका लागि वनविनाशले वातावरणीय स्थायित्व र जमिनको उत्पादकत्व हास हुने क्रम बढदो छ ।”
More read: