चीनलाई हेर्ने नयाँ चश्मा (The Dictator’s Dilemma)

चीन अध्ययन विषयमा सन् २०१६ मा प्रकाशित अधिकांश पुस्तकका लेखक सदा झै पश्चिमेली विद्वानहरू नै थिए । किङस कलेज लण्डनका प्राध्यापक तथा पूर्व बेलायती कूटनीतिज्ञ कर बाउनका ‘सीइओ, चाइनाः द राइज अफ सी चिनफिङ’, प्राध्यापक डेभिड सामवर्गका ‘चाइनाज फ्यचर’, पाध्यापक स्टेन रिन्जेनका ‘द परफे क्ट डिक्टेटर सीपः चाइना इन द ट्वेन्टीफस्र्ट सेन्चुरी’ तथा प्राध्यापक बस ज. डिक्सनका ‘द डिक्टेटर्स डिलेमाः द चाइनिज कम्युनिष्ट पार्टिज् स्ट्राटेजी फर सर्भाइभल’ जस्ता पकाशनहरू पढने अवसर पाएका थिए । यी सबै लेखकहरू विश्वविद्यालय प्राध्यापनमा सलग्न अध्यता हुन । उनीहरूले आफ्ना जीवनका अधिकाश समय अध्ययन, अध्यापन, अनुसन्धान र पकाशनमा बिताएका छन । यसैले उनीहरू अन्तराष्ट्रियस्तरमा विशिष्ट चीन विशेषज्ञका रूपमा परिचित छन् ।

Read more:

http://isetnepal.org.np/wp-content/uploads/2020/01/Asar_2075_china-lai-herne-naya-chasma_1-3.pdf