विशाल छिमेकी देश चीन, हाम्रा लागि त महत्वपूर्ण छदैछ, विश्व प्ररिदृश्यमा पनि यसको उपस्थिति हालका दिनहरूमा आएर अझ बलियो हुदैछ । चिनिया राष्टपति सी जिनफिङको आजीवन राष्ट्रपति रहन सक्ने प्रावधानको घोषणाले त शक्तिशाली राष्ट्रपति र चीनको चर्चा झन बढेको छ । सी राष्ट्रपति भए पनि उनका महत्वाकांक्षी सामरिक तथा विकास कायक्रम ‘बेल्ट एण्ड रोड’ ले सबैलाई तरंगित बनाएको छ । अमेरिका, यूरोप, अष्ट्रेलिया, अफ्रिका तथा एशियाली राष्ट्रहरूले ‘बेल्ट एण्ड रोड’ कार्यक्रमलाई आफ्ना–आफ्ना तरिकाले लिएका छन, तर कसैले पनि यसलाई नकार्न सकिरहेका छैनन् । हाम्रा अर्का छिमेकी भारतले सो कार्यक्रम वा प्रक्रियामा भाग नलिने भने पनि ऊ आफ्नै किसिमले चीनसँग सम्बन्ध सुधार गर्ने प्रक्रियामा छ ।
Read more: http://isetnepal.org.np/wp-content/uploads/2020/01/Asar_2075_china-lai-herne-naya-chasma_1-3.pdf