गर्मीलाई बुझौं

जलवायु परिवर्तनसँगै बढ्दो तापमान कार्बन उत्सर्जनका कारण अब गर्मीलाई बेलैमा बुझ्ने अनुकूल हुने प्रयास थालिहाल्नुपर्ने भइसकेको छ।

यस्तो हुँदैनथ्यो ! काठमाडांै उपत्यकामा विषम जाडो गर्मी हुँदैनथ्यो  जेठतिर तराई छिमेकका विमानस्थलबाट त्रिभुवन विमानस्थलमा अवतरित जहाजबाट बाहिर निस्कँदा प्राकृतिकएअरकन्डिसनमा प्रवेश गरे झैं अनुभूत हुन्थ्यो  गर्मीमा काठमाडांैमा दिनको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्थ्यो  त्यसो तापक्रम ३६ डिग्रीसम्म पुगेको पनि  

अहिले भने काठमाडौंको मौसमी उतारचढाव बुझिनसक्नुको   यो बेला (वैशाखअसोज) घाम लागेको अपराह्न हामीलाई हप्प हुन्छ, टाउको दुख्ने, अल्छी लाग्ने जस्तो महसूस हुन थालेको   शरीरले चिसो खोज्न थालेको   पङ्खाको प्रयोग व्यापक भएको   ब्याङ्क, व्यावसायिक प्रतिष्ठान, होटल, रेस्टुरेन्टमा सीमितएअरकन्डिसनअब हुनेखानेका घरमा पुगेका छन्  सूर्य बादलभित्र लुकेमा शीतल हुन्छ  एक, दुई दिन पानी पर्‍यो कि जाडो !

यो पंक्तिकारले इन्जिनियरिङ विषय अध्ययन गरेको भारतको राउरकेलामा मेमा तापक्रम ४२४५ डिग्रीसम्म पुग्थ्यो, उखरमाउलो गर्मी हुन्थ्यो  हालसालै उत्तरी भारतका केही स्थानमा तापक्रम ५० डिग्री नाघेको खबर आएको   हाम्रा तराईतिर पनि तापक्रम ४०४२ डिग्री पुग्छ  बेंसी, उपत्यका खोंचतिर पनि गर्मी हुन्छ तर तापक्रम त्यति माथि पुग्दैन 

लामो समयसम्म मैले गर्मीलाई प्राकृतिक लयको रूपमा बुझें  सन् २०१४ मा गंगा सिन्धु नदी (भारत पाकिस्तान) मा गर्मीबारे गरिएको एक अध्ययनले भने गर्मी हुने प्रक्रियालाई कार्बन उत्सर्जनसित जोड्ने प्रयास गर्‍यो  अमेरिकी संस्था नेसनल सेन्टर फर आट्मोस्फेरिक रिसर्चर पंक्तिकार कार्यरत सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेटनेपाल) संलग्न त्यस अध्ययनले ती दुवै क्षेत्रमा रात दिनको तापक्रम बढिरहेको देखायो 

बढ्दो तापमानसँगै वायुमण्डलमा बाफ पनि बढ्छ  तापक्रम बाफको समिश्रणलेहिट इन्डेक्स (ताप सूचकांक)’ माथि लान्छ  अध्ययनले भन्यो, कार्बन उत्सर्जन बढिरहने हो भने गंगा नदी क्षेत्रमा सन् २०५० मा वर्षको १५० दिन २४ घण्टा नै हिट इन्डेक्स ३७ डिग्री सेल्सियस हाराहारीमा पुग्नेछ  २०१४ मा भने ७५ दिन मात्र यो इन्डेक्स ३७ डिग्री सेल्सियस छेउछाउ पुगेको थियो 

३७ डिग्री सेल्सियस हाम्रो शरीरको सामान्य तापक्रम हो  ताप सूचकांक यसको हाराहारी पुगेको अवस्थामा शरीरले असहज महसूस गर्न थाल्छ  त्यस्तो गर्मीमा घन्टाभन्दा बढी बसिरह्यौं भने तापकै कारण तनाव, आघात अन्ततः मृत्यु समेत हुनसक्छ  यसबाट ज्येष्ठ नागरिक, बालबालिका असहाय जोखिममा पर्छन्  यस्तो गर्मीमा कृषि प्रणाली खाद्य आपूर्ति प्रभावित हुनेछ  काम गर्ने क्षमतामा ह्रास आउनेछ 

वनस्पति, पोखरी सिमसारको विनाश, बढ्दो कंक्रिट प्रयोग, खुला क्षेत्रको अतिक्रमण, सवारी साधनको धुवाँले भित्री शहरको तापक्रम वरिपरिको भन्दा बढी हुन्छ  यसलाईहिट आइल्यान्ड प्रभावभन्न थालिएको   जस्तो कि, गत मे २५ दिउँसो बजे ललितपुर पुल्चोकको तापक्रम ३१ डिग्री सेल्सियस थियो तर त्यही समय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा २९ डिग्री सेल्सियस मात्र तापक्रम मापन गरियो 

बढ्दो गर्मीसँगै एअरकन्डिसन चलाउन ऊर्जाको माग बढ्ने निश्चित   यसका लागि नवीकरणीय ऊर्जाको प्रयोग नबढाउने हो भने फेरि पनि खनिज इन्धनकै भर पर्नुपर्नेछ, थप कार्बन उत्सर्जन गर्दै  किन पनि भने, एअरकन्डिसनमा प्रयोग हुने चिसो पार्ने पदार्थ आफैंमा पनि हरितगृह ग्यास हो 

कार्बन उत्सर्जन जति धेरै कटौती गर्‍यो बढ्दो ताप सूचकांकसँग अनुकूल हुने खर्च उति कम हुन्छ  विडम्बना, विश्व यो बाटोमा छैन  सन् १८५० मा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा २८६ पीपीएम थियो, जुन अहिले झण्डै ४१५ पीपीएम पुगेको   आगामी वर्षहरूमा यसको मात्रा कति होला ? “जलवायु परिवर्तनले हाम्रा संस्था, पूर्वाधार सामाजिक व्यवस्थामा ठूलो विचलन ल्याउनेछ”, अध्येता पिटर ग्लिक भन्छन् 

चिन्ताको कुरा , कार्बन उत्सर्जनको दर यही रफ्तारमा बढ्ने हो पृथ्वीमा जीवन जटिल बन्दै जानेछ  यसबाट कसरी अनुकूल रहने ? कसैसँग स्पष्ट उत्तर छैन  पर्याप्त अध्ययन पनि भएका छैनन् 

त्यसैले पनि यसबारे जनस्तरबाटै घोत्लिनुपर्ने बेला आइसकेको   शीतल छहारीले केही हदमा ताप सूचकांक कम गर्न सहयोग गर्छ  आफ्ना गाउँठाउँ शहरमा रूख, बिरुवा जतनको प्रयास जारी राखौं  रैथाने प्रजातिलाई जोगाऔं  प्रदूषण खनिज तेलको दोहन कम गरौं  पोखरी, तालतलैया सिमसार संरक्षण कार्यमा सामूहिक प्रतिबद्धता जनाऔं 

के हाम्रा सरकारहरूले बढ्दो तापमानसँग अनुकूल हुने प्रयासस्वरुप गरिने यसखाले उत्तरदायित्व बहन गर्लान् ? सरकारीस्तरबाटै केही पहलकदमी गर्लान् ? आशा गर्न पाइयोस्, उपलब्धि देख्न पाइयोस् 

– अजय दीक्षित

Article Source: www.nepalihimal.com