गरीबी निवारणका लागि उपलब्ध अर्थशास्त्रीय विकल्प

पुस्तक: मोर देन गुड इन्टेन्सन्स्: इम्प्रुभिङ द
वेयज द वल्र्डस पुअर बरो, सेभ, फार्म,
लर्न एन्ड स्टे हेल्दी
लेखक: डिन कर्लान र जेकोव एपेल (जेव)
प्रकाशक: पेन्गुइन ग्रुप, २०१२
पृष्ठ: ३०८
मूल्य: १६ ४
समीक्षक: डा. केशवराज कणेल

विगत ५० वर्षमा विभिन्न दातृ निकायहरूले गरीबी निवारणमा २३ खर्ब डलरभन्दा बढी खर्च गरिसके । खर्चिएको त्यो रकमले के उपलब्धि ग¥यो भन्नेबारे विज्ञहरूको एउटै मत छैन । यसबारे मूलतः दुईवटा विचारधारा पाइन्छन्:— पहिलो, खर्च भएको रकम धेरै देखिए तापनि धनी देशहरूको आम्दानीको करीब १ प्रतिशत मात्रै गरीबी निवारणको नाममा खर्च भएको छ र केही प्रगति पनि । त्यसैले यो खर्चको रकम धेरै होइन, बरु थोरै नै र यस्तो सहयोगको मात्रा अझ् बढाउनुपर्छ । दोस्रो विचारधारा भन्छ, खर्चको रकम धेरै नै हो । यति धेरै खर्च गर्दा पनि यो रकमले गरीबी निवारणमा उल्लेख्य योगदान गरेको छैन, बरु परनिर्भरता बढाएको छ । यसको सट्टा गरीब देशहरू आफैंले अवलम्बन गरेका कार्यक्रमलाई बढावा दिएमा प्रगति हुन सक्छ र परनिर्भरता पनि घट््छ ।Katik_2074

http://isetnepal.org.np/wp-content/uploads/2018/12/Katik_2074.pdf