विश्वमा हाल समाधान हुन नसकेको ठूला चुनौती हो, गरिबी । अफ्रिका, एसिया एवं ल्याटिन अमेरिकी मुलुकका थुप्रै बासिन्दाहरू अझै पनि गरिबीको मारमा परेर चरम अभावको स्थिति भोग्दैछन् । फलस्वरूप उनीहरू समृद्धितर्फ लम्कन सकेका छैनन् । विश्व गरिबीको यो गाथामा अफ्रिकी मुलुकहरू त्यसमा पनि खास सहारा मरुभूमिमा रहेका मुलुकहरूको स्थिति चर्चामा रहन्छ । गरिबीका विभिन्न आयामबारे थुप्रै अध्ययन–अनुसन्धान गरिएका छन् । तीमध्ये एउटा विश्लेषण हो, पाउल कोलियरको पुस्तक द बटम बिलियनः ह्वाई द पोरेस्ट कन्ट्रिज आर फेलिङ एन्ड ह्वाट क्यान बी डन अवाउट इट । बटम बिलियन भन्नाले आधुनिक विश्वका ती सबैभन्दा गरिब अर्बौं जनसङख्या भन्ने बुझिन्छ जो अफ्रिका र मध्य एसियामा छन् । पुस्तक अफ्रिकाको सन्दर्भ प्रस्तुत गर्दै भन्छ, २१औं शताब्दीको विश्वमा गरिबहरूको वास्तविक जीवन १४औं शताब्दीको जस्तो गृहयुद्ध, रोगको संक्रमण र अनभिज्ञतामा अल्झिएको छ ।
Read more: