खडेरीको ताण्डव (Late Victorian Holocausts: El Nino Famines and the Making of the Third World)

महारानी भिक्टोरियाले शासन गरेको सन् १८३७ देखि १९०१ सम्मको अवधि आधुनिक पुँजीवादी प्रणालीले अन्यत्रका भूगोल र समाजलाई आफ्नो पकडमा जबर्जस्ती ल्याउन थालेको कालखण्ड थियो । यसै कालखण्डको सन् १८७७ मा अमेरिकाका भूतपूर्व राष्ट्रपति युलिसिस एस ग्रान्ट आफ्नी धर्मपत्नी र छोरासहित बिदा मनाउन बेलायत गएका थिए । आफ्नो कार्यकालमा भ्रष्टाचारीको आरोप भोगेका भूतपूर्व राष्ट्रपतिको भ्रमणबारे रिपोर्टिङ गर्ने पत्रकार थिए— न्युयोर्क हेराल्डका जोन रसेल योङ्ग । ग्रान्टको भ्रमण आडम्बरी मात्रै थिएन, खर्चिलो पनि थियो । युरोपमा रहँदा ग्रान्टले विश्वभ्रमण गर्ने निर्णय गरे ।

More read:

http://isetnepal.org.np/wp-content/uploads/2020/03/Manthan-Year-2-Vol-1-2008-August-2065-Sharwan-khaderiko-tandab_4-7.pdf