काव्य स्कुल, नयाँ बानेश्वर – २०७४

काव्य स्कुल, नयाँ बानेश्वर–२०७४

वि. सं. २०७४ भदौ २३ मा काव्य स्कुल नयाँ बानेश्वरमा “जलवायु परिवर्तन र प्राकृतिक विपद्” विषयमा चित्रकला प्रतियोगिताको आयोजना भयो । उपत्यकाभित्रका १६ माध्यमिक विद्यालयका ३४ जना विद्यार्थीहरुले उत्कृष्ट चित्र बनाए । कार्यक्रमको आयोजना सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट)–नेपाल र कोरम नेपालले ग¥यो भने युनिभर्सिटी अफ वायोमिङ, अमेरिका, जल तथा मौसम विज्ञान विभाग, सोहाम–नेपाल, आइएचपी–नेपाल, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालय,काठमाडौँ इन्ष्टिच्युट अफ एप्लाइड साइन्स र रिचामको सहयोग प्राप्त भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

kabya-school-art-competition