सन् २००४ का त्सुनामी, सेप्टेम्बर ११ मा अमेरिकामा अलकाइदाको आक्रमण, चीनको सिचुवान प्रान्तको भूकम्प, स्न २००८ को अमेरिकी आर्थिक मन्दी, नेपालको २००१ को दरबार हत्याकाण्ड र सन् २००८ मा पश्चिम कुशाहमा कोसीको तटबन्ध फुटेर आएको बाढी निरन्तर भइरहने घटना होइनन् । यी सबै घटनाले हामीलाई स्तब्ध पारे । ब्ल्याक स्वान : द इम्प्याक्ट अफ द हाइली इमप्रोबेबल पुस्तकका लेखक नसिम निकोलास तालेब यस्ता कम सम्भाव्य घटनाहरूलाई कालो हाँस भन्दछन् । कालो हाँसले प्रचलित ज्ञानको सीमितता दर्साउँदछ ।
More read: