कान्जिरोवा नेशनल स्कुल, बालकुमारी ललितपुर – २०७३

Kanjirowa National School Lalitpur_2073_Bhadra_1
कान्जिरोवा नेशनल स्कुल, बालकुमारी ललितपुर–२०७३

वि. सं.२०७३ भदौ १ कक्षा ८ र ९ मा अध्ययनरत भाइबहिनीहरु चित्रकला प्रतियोगितामा सहभागी भएका थिए । उपत्यकाका विभिन्न १७ विद्यालयबाट ३३ जना विद्यार्थीहरु सहभागी भएको यो प्रतियोगितामा “जलवायु परिवर्तन र प्राकृतिक विपद्” विषयमा चित्र बनेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गरियो भने सान्त्वना हुने दुई सहभागीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका सहभागी सबै विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै प्रमाणपत्र दिइएको थियो ।