युवा सर्जक बुद्धिसागर चपाइँको प्रस्तुति हो, उपन्यास कर्नाली ब्लुज । फाइनप्रिन्टबाट प्रकाशित उनको यो पहिलो उपन्यास एघार खण्डमा विभाजित छ । दैनिकी मनोवाद शैलीमा प्रस्तुत पुस्तक पहिलो, दोसो दिन गर्दै एघारौं खण्डमा टुङ्गिएको छ । कर्णाली क्षेत्रको जीवनशैली, त्यहाँको रहनसहन, परिवेश, भाषाशैली, संस्कृतिको सजीव चित्र उतार्ने प्रयास गर्छ, उपन्यास । भाषा झर्रो तर सरल छ । कर्णाली नदीको नीला पानी नै कर्नाली ब्लुज हो भन्ने अर्थ सहज लागे पनि उपन्यासमा जीवनको वास्तविक घटनालाई उल्लेख गरिएकाले ‘ब्लुज’ दुःखको प्रतीकका रूपमा प्रस्तुत छ । आफ्नो बाबु अकस्मात बिरामी भएको खबर पाएपछि काठमाडौंबाट कोहलपुरस्थित शिक्षण अस्पताल जानु परेको प्रसङ्गबाट लेखकले आफूमाथि आइपरेको बज्रपात ब्लुज मानेको अनुमान पनि गर्न सकिन्छ ।
More read: