वि. सं. २०७५ भदौ १८ मा हरेक वर्षझैँ चित्रकला प्रतियोगिताको आयोजना भएको थियो । उपत्यकाव्यापी चित्रकला प्रतियोगितामा १९ माध्यमिक विद्यालयका ३४ विद्यार्थीहरुको सहभागिता रहेको थियो । यसपटक चित्रकलाको विषय थियो, जलवायु परिवर्तन, नागरिक बिज्ञान र काठमाण्डौं उपत्यकामा वाढी । सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट)–नेपाल र कोरम–नेपालको संयुक्त आयोजनामा कक्षा ९ र १० का विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम आयोजनामा सहयोगी भूमिका युनिभर्सिटी अफ वायोमिङ, अमेरिका, जल तथा मौसम विज्ञान विभाग, सोहाम–नेपाल, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालय, काठमाठौँ इन्ष्टिच्यूट अफ एप्लाइड साइन्स र रिचाम कन्सल्ट प्रा. लि. ले गरेका थिए । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना तथा सहभागी विद्यार्थीहरुलाई क्रमशः पदक, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो। सो प्रतियोगितामा सहभागी विद्यालयका शिक्षकहरुलाई आइसेट–नेपालले जलवायु परिवर्तन ः ज्ञानमाला नामक पुस्तक वितरण गरेको थियो ।