Book: The Road Less Travelled: A New Psychology of Love पुस्तक: द रोड लेस ट्राभल्ड: ए न्यू फिजिकोलोजी अफ लभ,
ट्रेडिशनल भ्यालुज एन्ड स्पिरिच्युअल ग्रोथ
Author: Morgan Scott Peck लेखक: मोर्गान स्टक पेक
Publisher: Aero Books, London, 2006 प्रकाशक: एरो बुक्स, लन्डन, २००६
Page: 304 पृष्ठ: ३०४
Price: £7.99 मूल्य: ७.९९ स्टर्लिङ पाउण्ड
Reviewer: Kanchan Mani Dixit समीक्षक: कञ्चनमणि दीक्षित
आज धेरै मानिससँग विभिन्न थरीका आधुनिक सुविधा उपलब्ध छन्, तर धैर्य छैन । मान्छे–मान्छे बीच विश्वास र सहिष्णुताको खाडल बढेको छ । जीवनयापन गर्दा आइपर्ने समस्यालाई सामान्य हिसाबले नलिंदा र बुझन–जान्न नखोज्दा मानिसमा निराशा बढेको छ, उनीहरू तनावमा छन् । आर्थिक असमानता बढेको छ, मानिस असहिष्णु बन्दै गएको छ र अशान्ति व्याप्त हुँदैछ । आफैं प्रतिको अविश्वास र जिन्दगीको उद्देश्य सम्बन्धी अन्योलका कारण आत्महत्या गर्नेहरूको संख्या पनि बढ््दै गएको छ । मानिस परिस्थितिको भुमरीमा हराउँदो छ ।