Manthan_Poush 2073

Published on: 2016-12-30

असमानताको अर्थशास्त्र

पुस्तक ः दी इकोनोमिक्स अफ इनइक्वालिटी

लेखक ः थोमस पिकेट्टी

प्रकाशक ः द बेल्कन्याप प्रेस अफ हार्वर्ड युनिभर्सिटी प्रेस, २०१५

पृष्ठ ः १४२८

मूल्य ः २२.९५ डलर

समीक्षक ः अच्युत वाग्ले

फान्सेली भाषाबाट अंग्रेजीमा अनूदित क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी (२१औं शताब्दीमा पूँजी) विश्वभर सर्वाधिक बिक्री हुने सूची (न्यूयोर्क टाइम्स बेष्टसेलर) मा परेको पुस्तक हो । यस चर्चित पुस्तकका होनहार लेखक हुन्, पेरिस स्कूल अफ इकोनोमिक्सका प्राध्यापक थोमस पिकेट्टी । उनलाई अर्थशास्त्रीहरू ‘माक्र्सको नयाँ अवतार’ भन्छन् । दी इकोनोमिष्ट पत्रिकाले पनि सन् २०१३ मा उनलाई ‘आधुनिक माक्र्स’ को संज्ञा दिएको थियो । उनले कार्ल माक्र्सले जस्तै ‘२१औं शताब्दीमा पूँजी’ शीर्षकको पुस्तक लेखेका कारण मात्र यी उपमा पाएका भने होइनन् । बरु, उनको लेखनको समग्र अन्तर्वस्तु र रुझन नै वर्तमान पूँजीवादी विश्वव्यवस्थाप्रति तीव्र तर तथ्यपूर्ण र आलोचनात्मक प्रस्तुतिमा केन्द्रित भएकाले हो । यो पुस्तकले उनलाई विश्वकै प्रखर वामपन्थी अर्थशास्त्री बनायो ।

माक्र्सको आर्थिक सिद्धान्तको सार, पूँजीपतिहरू मजदूरले उत्पादन गरेको अतिरिक्त लाभ (सरप्लस भ्यालु) शोषण गरेर धनी हुन्छन् भन्ने हो । पिकेट्टीले अर्थतन्त्रमा विद्यमान अथवा नयाँ वितरण व्यवस्थाले सिर्जना गरेका बहुआयामिक प्रकृतिका असमानता (इनइक्वालिटिज) र खराब पुनःवितरण (रिडिष्ट्रिव्युसन) प्रणाली नै राजनीतिक द्वन्द्वका कारक भएको निष्कर्ष निकालेका छन् । यतिखेर ‘९९ र १’ प्रतिशत बीचको द्वन्द्व, (अर्थात् संसारका एक प्रतिशत मानिससँग ९९ प्रतिशत पूँजीगत सम्पत्तिको स्वामित्व र ९९ प्रतिशत मानिस फगत एक प्रतिशत सम्पत्तिमा गुजारा चलाउन बाध्य छन् भन्ने विवाद) विश्व आर्थिक बहसको प्रमुख धार बनेको छ । यसको आधार पनि पिकेट्टी र अर्का फ्रान्सेली मूलका अमेरिकी अर्थशास्त्री एम्मानुयल सेजले अमेरिकी अर्थतन्त्रभित्रमा असमानताको ऐतिहासिक (१९१३–१९९८) उतारचढाव माथि सन् २००१ मा प्रकाशित अनुसन्धानलाई मानिएको छ । (एनबीईआर वर्किङ पेपर नं. ८४६७, २००१)

खोजको आधारस्तम्भ

समीक्षा गरिएको पुस्तक दी इकोनोमिक्स अफ इनइक्वालिटी (‘असमानताको अर्थशास्त्र’) क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी बजारमा आएको दुई वर्षपछि, सन् २०१५ मा अंग्रेजीमा अनूदित भएर बजारमा आयो । फ्रान्सेली भाषामा भने दी इकोनोमिक्स अफ इनइक्वालिटी सन् १९९७ मै छापिएको थियो । ‘२१औं शताब्दीमा पूँजी’ का अनुवादक आर्थर गोल्डह्यामरले नै यो पुस्तकको पनि अनुवाद गरेका हुन् । पुस्तकले पिकेट्टीको असमानता बारेको अध्ययन र सुझ्बुझ् २६ वर्षे उमेरमै परिपक्व भएको देखाउँछ । मूलतः फ्रान्सकै तथ्याङ्क, अर्थराजनीतिक परिवेश एवं अर्थ–सामाजिक असमानताका उदाहरण समावेश गरेर लेखिएको भए पनि इकोनोमिक्स अफ इनइक्वालिटी लाई उनको ‘म्याग्नम ओपस’ (महान् कृति) क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी को आधारस्तम्भ मानिएको छ ।

दुई दशकपछि अनूदित संस्करण प्रकाशित गर्दा पनि पिकेट्टीले तथ्याङ्क अद्यावधिक गरेनन् र असमानताका नयाँ विकसित अवधारणा पनि समावेश गर्न आवश्यक ठानेनन् । त्यस कालखण्डको ‘आर्थिक असमानता र कालक्रमसँगै आएका परिवर्तनलाई प्रस्ट्याउन आवश्यक अवधारणागत र तथ्यगत पृष्ठभूमिसँग परिचय गराउन यसो गरिएको हो । मुश्किलले १५० पृष्ठको यो सटिक पुस्तक विद्यार्थी र सामान्य पाठकका लागि (असमानता बुझउने) अपरिहार्य मार्गदर्शक बनेको छ ।

इकोनोमिक्स अफ इनइक्वालिटी लाई परिचयका अतिरिक्त चार खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा असमानताको मापन र यसको विकासक्रमका बारेमा व्याख्या गरिएको छ भने दोस्रो खण्डमा पूँजी, श्रम र असमानताको कुरा । तेस्रो खण्डमा श्रम आयको असमानताको पुष्टि छ भने चौथो खण्डमा पुनर्वितरणका उपकरणहरूबारे व्याख्या गरिएको छ । उनले आयलाई पनि ज्याला पारिश्रमिक, किसान, साना व्यापारी, डाक्टर, वकील आदिको स्वरोजगारीबाट हुने कमाइ, निवृत्तिभरण, अन्य प्राप्ति जस्तैः पारिवारले पाउने अनुदान, बेरोजगार भत्ता, कल्याणकारी कार्यक्रमबाट आउने लाभ, र लाभांश, ब्याज, घरभाडा आदिका रूपमा हुने पूँजीगत आयमा वर्गीकरण गरेका छन् ।

ज्यालाजीवीको नालीबेली

त्यतिखेरको फ्रान्समा करीब दुई–तिहाइ मानिस श्रमजीवी रहेको र केवल पाँच प्रतिशतसँग मात्रै लाभांश, ब्याज, बहाल आदि पूँजीगत आयअर्जन गर्ने स्रोत रहेको तथ्याङ्क उनले दिएका छन् । यो पश्चिमा अर्थतन्त्रको साझ चरित्र हो । पारिवारिक आम्दानीको प्रमुख हिस्सा रहेको ज्याला÷पारिश्रमिक कसरी वितरण भएको छ त ? यो उनको अनुसन्धानको केन्द्रीय प्रश्न हो । उनले जनसंख्याभित्र बढी पारिश्रमिक पाउने १० प्रतिशतले बुझने रकम र कम पारिश्रमिक पाउने १० प्रतिशतले बुझने रकमको अनुपात निकालेर असमानताको मापन गरेका छन् । फ्रान्समा यो अनुपात सन् २००० को तथ्याङ्कका आधारमा ३ः१ देखिएको थियो । यो अनुपात जति थोरै भयो असमानता उति कम हुन्छ । असमानताको यो मापन अरू चल्तीका सूचकाङ्कहरू, जस्तै; ‘गिनी कोफिसिएन्ट’ आदिभन्दा निकै सरल र विश्वसनीय भएको दाबी पनि लेखकको छ ।

यस्तो ज्याला पारिश्रमिकमा देखिएको असमानता अन्ततः पारिवारिक आयको असमानतामा रूपान्तरित हुन्छ । माथिल्लो १० प्रतिशत र तल्लो १० प्रतिशत परिवारबीचको आय असमानताको अनुमान ७ः१ देखियो जुन ३ः१ को ज्याला असमानता अनुपातभन्दा निकै बढी हो । यसको कारणमा, पहिलो, पूँजीगत आय जस्ता गैरपारिश्रमिक आयहरू ज्याला–पारिश्रमिकमा आधारित आयभन्दा धेरै असमान ढङ्गले वितरित हुन्छन् । दोस्रो, उच्च धनी १० प्रतिशतले कुल (राष्ट्रिय) पूँजीगत आयको ५० प्रतिशत नै आफ्नो कब्जामा राखेका हुन्छन्, जसबाट पारिश्रमिक आय असमान रूपले बढ्छ । तेस्रो, सम्पत्तिको विद्यमान असमानता व्याख्या गर्न वर्तमान र विगतको आय असमानतालाई मात्रै आधार मानेर पुग्दैन । यसमा, बचत र सम्पत्ति जम्मा गर्ने व्यवहारजस्ता पक्षको महŒवपूर्ण भूमिका हुन्छ । यी जटिलताका कारण पनि असमानता मापन र यसलाई हेर्ने दृष्टिकोण ज्याला र आम्दानीको असमानतामा मात्र सीमित हुनु उपयुक्त नहुने पिकेट्टीको ठहर छ ।

तर पारिश्रमिक असमानताको दाँजोमा पारिवारिक आयको असमानता सधैं यसरी उल्लेख्य रूपले बढी हुनुको कारण भने फरक छ । न्यून आय भएका बहुसङ्ख्यक परिवारहरू एकल सदस्यको स–सानो पारिश्रमिक अथवा निवृत्तिभरण रकममा निर्भर हुन्छन् । जबकि, उच्च आय हुने परिवारमा सामान्यतः शिक्षित दम्पती हुन्छन्, अक्सर दुवै कमाउँछन् । (पृष्ठः १३) यो सामान्य भनाइजस्तो देखिए पनि अर्थशास्त्रीय विश्लेषणलाई समाजशास्त्रीय संरचनासँग जोडेर निकालिएको निचोड निकै महŒवको र नीतिनिर्माणमा सहयोगी मानिएको छ ।

ज्यालामा देखिएको ३ः१ अनुपातको असमानता एवं धनी र गरीब राष्ट्रहरूको प्रतिव्यक्ति आय (क्रयशक्तिको आधार) को १०ः१ को अनुपात स्थायी रहला कि घटबढ होला ? यसलाई व्याख्या गर्न उनले ऐतिहासिक तथ्यहरूलाई अघिसारेका छन् । पहिलो विश्वयुद्धको ठीक अघिसम्म आय असमानता चरम थियो । तर दुईवटा विश्वयुद्धले सम्पत्ति नष्ट गरेपछि ‘पैतृक पूँजीवाद’ को कमाइ घट्यो र त्योसँगै असमानता पनि घट्यो । तर, यो सन् १९७० को मध्यदेखि फेरि बढ्न थाल्यो । सम्पत्तिको ‘भाडा’ खाएर बस्ने १९औं शताब्दीको तुलनामा २०औं शताब्दीमा धेरै पारिश्रमिक पाउने ‘धनी श्रमिक’ व्यवस्थापकको समाजमा रूपान्तरित भयो । त्यसैले अबको असमानता पनि पहिलेको जस्तै सघन रहने उनको अनुमान छ । अहिलेको असमानताको प्रमुख स्रोत पिकेट्टीले रोजगारीको प्रवृत्तिलाई मानेका छन् । उनी भन्छन्– बेरोजगारी, अर्धरोजगारी, छद्म बेरोजगारी र उच्च पारिश्रमिकको रोजगारी आदिको स्वरूपले आउँदा दिनमा व्यक्तिगत र पारिवारिक आयको असमानतालाई व्याख्या गर्नेछ । उनले अंग्रेजी र गैर अंगे्रजी भाषी मुलुकहरूबीचको आय असमानताको तुलना गरेर आफ्नो विश्लेषणलाई सामाजिक कोणबाट हेर्ने प्रयास पनि गरेका छन् । ऐतिहासिक रूपमा जापान र वर्तमानमा चीनमा देखिएका, खासगरी मध्यमवर्ग र उच्च वर्गबीच साँघुरिंदै गरेको असमानताका सूचकहरूले भने उनका अंग्रेजी भाषा सापेक्ष असमानताका दाबी स्थापित हुँदैनन् ।

पूँँजी र श्रम

पुस्तकले पूँजी र श्रमको असमानताका अरू धेरै आयाम खोतल्ने प्रयास गरेको छ । ऐतिहासिक रूपमा विद्यमान पूँजीमाथिको असमान स्वामित्वलाई नै असमानताको मौलिक स्रोत मानेर थप विश्लेषण गरेका छन्, लेखकले । सामाजिक असमानता र राज्यका स्रोतहरूको पुनःवितरणको सवालमा, औद्योगिक क्रान्ति र खासगरी कार्ल माक्र्सका अर्थ–सामाजिक सिद्धान्तहरू सार्वजनिक भएपछि पूँजी र श्रम, नाफा र ज्याला अथवा रोजगारदाता र श्रमिकलाई एकआपसका विरोधीका रूपमा प्रस्तुत गरिएको दाबी लेखकको छ । यसमा सबै पूँजीपति (त्यस्तै श्रमिकहरूलाई पनि) लाई समान प्रकृतिको समूहका रूपमा बुझ्एिको छ । श्रमबाट भएको आयका कारण सिर्जित असमानतालाई पैतृक पूँजीपछि दोस्रो महवको मुद्दा बनाएका छन्, पिकेट्टीले ।

पिकेट्टीले यो पूँजी–श्रम असमानतालाई दुई सनातन अर्थ–राजनीतिक दर्शनहरूले अपनाउने पुनःवितरण प्रक्रियाबीचको फरकको परिणतिका रूपमा प्रस्तुत गरेका छन् । दक्षिणपन्थी खुलाबजार अर्थतन्त्रले सम्पत्तिको पुनःवितरणमा सरकारको भूमिका सीमित गरेको छ । दीर्घकालमा बजारको सुचक्र (भर्चुअस साइकल) ले आय वितरणलाई एकातर्फ कर र अर्कोतर्फ लाभ हस्तान्तरणमार्पmत स्वतः न्यायोचित बनाउने दाबी गरेको छ । यसलाई उनले ‘विशुद्ध पुनःवितरण’ (प्योर रिडिष्ट्रिव्युसन) भनेका छन् ।

वामपन्थी समाजवाद र टे«ड युनियन अभ्यास दुवैले पूँजीवादी समाजका सबभन्दा गरीबको दुःख निवारणको एकमात्र विकल्प सामाजिक र राजनीतिक संघर्ष हो भन्ने गरेका छन् । सरकारी पुनःवितरणले उत्पादन प्रक्रियाको तल्लो तहसम्म छिचोल्नुपर्ने माग उनीहरूको छ । समान ज्यालाको प्रबन्ध र उत्पादनका साधनको राष्ट्रियकरण गरेर पूँजीपतिहरूको नाफा स्वात्तै घटाउनुपर्ने तर्क पनि यो सिद्धान्तको छ । किनभने कर उठाएर गरीबलाई अलिअलि बाँड्न पुग्ने वितरण गर्ने शैली मात्र सामाजिक न्यायका लागि पर्याप्त नहुने ठहर पिकेट्टी गर्छन् । यसलाई उनले ‘प्रभावकारी पुनःवितरण’ (इफेक्टिभ रिडिष्ट्रिव्युसन) भनेका छन् ।

पूँजी–श्रम विवाद, विभेद वा असमानता जे भने पनि यसलाई लेखकले उत्पादन–वितरणको भन्दा लाभको पुनःवितरणको मुद्दा मान्छन् । यो निकै मौलिक सैद्धान्तिक प्रस्तावना हो । अप्रत्यक्ष रूपले उनले उत्पादन, वितरण र बजारीकरण प्रक्रियाबाट प्राप्त हुने लाभमध्ये पूँजी लगानीकर्ताले सधैं धेरै हिस्सा लिने गरेको तर्कलाई स्थापित गर्ने प्रयास गरेका छन् । नाफामाथि अधिक अथवा ज्यालामाथि न्यून कर लगाएर वा सोझ्ै ज्यालादर वृद्धि गरेर असमानता कम गर्न सकिने उनको तर्क छ ।

पूँजीपतिहरूले थप लगानी गर्नका लागि केही थप नाफा उनीहरूले राख्नु उचितै हो भन्ने तर्क त एक ठाउँ (पृष्ठः २६) मा उनले घुसाएका छन् । तर यही व्यवहार नै असमानताको कारक भएको उनले निकै जोडतोडका साथ वकालत गरेका छन् । उत्पादन प्रणालीमा पूँजी र श्रमबीच पारस्परिक प्रतिस्थापनको सम्भावनाको कुरा उठाइएको छ । तर सीमान्त प्रतिस्थापनको कुन बिन्दुमा उत्पादन प्रभावकारिता (प्रडक्टिभ इफिसियन्सी) उच्च हुन्छ भन्ने प्रश्नको उत्तर लेखकले दिन सकेका छैनन् ।

पिकेट्टीले पुस्तकमा पैतृक पूँजीवाद, हकका रूपमा पाएको विनाश्रम प्राप्त सम्पत्ति वा पूँजीले असमानुपातिक लाभ लिएको तर्कमा जोड दिंदै आधुनिक ज्ञान, उद्योग, सूचनाप्रविधि र भूमण्डलीकरणको लाभ लिएर पहिलो पुस्तामा नै संसारका धनी बनेका व्यवसाय र नव पूँजीपतिहरूलाई भने ख्याल राखेका छैनन् । बिल गेट्स, जुकरवर्ग, ज्याकमा वा कार्लोस हेलुहरू पैतृक सम्पत्ति पाएर धनी भएका होइनन् । अहिले संसारका धनीमध्येका एक प्रतिशतमा तिनको नाम पर्छ । असमानताको यो बहसमा उनीहरूलाई पनि अपराधीको कोटिमा उभ्याइएको जस्तो देखिन्छ ।

प्रभावकारी पुनःवितरण

असमानता अन्त्यको उपाय राष्ट्रिय आयको ‘विशुद्ध’ होइन ‘प्रभावकारी’ पुनःवितरण नै हो भन्ने निष्कर्ष पिकेट्टीको छ । पुनःवितरणका उपकरणहरू तिखार्नेे एउटा प्रमुख उपाय सामूहिक प्रतिरोध नै हो भन्ने उनको तर्क रहेको छ । “श्रम बजारमा हुने विभेद र रोजगारदाताको खरीद एकाधिकार (मोनप्सोनी) वास्तवमा अपमानपूर्ण मात्र होइन यो विभेद र शोषणविरुद्ध पीडितलाई आर्थिक क्षतिपूर्ति दिन अप्रभावकारी पनि हुन्छ । पुनःवितरणको यस्तो उपकरण आम्दानीको पुनःवितरण गर्न सक्षम भएर मात्र पुग्दैन, अपितु यस्तो असमानताका लागि जिम्मेवार बजार असफलताहरूलाई सुधार गर्न सक्ने पनि हुनुपर्छ ।” (पृष्ठः ११४) उनले सुझएका यस्ता उपकरणहरूमा सकारात्मक विभेद, न्यून पारिश्रमिक कानूनहरू, श्रम बजारमा प्रत्यक्ष हस्तक्षेप, शिक्षा र तालीम आदि छन् । ती नयाँ अवधारणा भने होइनन् । उनले सरकारले रोजगार बजारमा गर्ने किन्सको हस्तक्षेपको सिद्धान्तलाई उपयोगी साधन मानेका छन् ।

यो पुस्तकले पुनःवितरणका नयाँ उपाय सुझउन नसके पनि दुई महŒवपूर्ण बहसलाई सतहमा ल्याएको छ । पहिलो र मौलिक पक्ष हो, यसले समाजमा विद्यमान असमानताको व्याख्यामा यसअघि कल्पनै नगरिएका व्यापक आयामलाई प्रस्तुत गरेको छ । दोस्रो शान्तिपूर्ण नै सही, पुनःवितरणको मूल हतियार सामूहिक प्रतिरोध नै हो भनेर २१औं शताब्दीमा पनि बजारको भन्दा वामपन्थी सिद्धान्तको उपयोगिता स्थापित गर्ने प्रयास गरेको छ । ऐतिहासिक रूपमै असमानता मानव समाजमा कसरी–कसरी अन्तर्निहित छ भनेर देखाउने श्रमसाध्य र मौलिक शैलीका कारण यो पुस्तकको महŒव बढेको हो । 

(वाग्ले राजनीतिक र आर्थिक विश्लेषक हुन् ।)

 

पूँजीवादको यात्रा

पुस्तक ः क्यापिटलिज्म ४.० ः द बर्थ अफ अ न्यू इकोनोमी इन द आफ्टरम्याथ अफ द क्राइसिस

लेखक ः अनातोली क्यालित्स्की

प्रकाशक ः ब्लूम्सवरी, यूके, २०११

पृष्ठ ः ४४८

मूल्य ः १०.९९ स्टर्लिङ पाउण्ड

समीक्षक ः रोजन बज्राचार्य

पूँजीवाद समयानुकूल परिष्कृत हुँदै जान्छ भन्ने आमबुझइ छ । अनातोली क्यालित्स्की ९ब्लबतयभि प्बभितकपथ० को क्यापिटलिज्म ४.० ः द बर्थ अफ अ न्यू इकोनोमी इन द आफ्टर म्याथ अफ द क्राइसिस पुस्तकले पनि यस्तै विश्लेषण गरेको छ । टाइम्स म्यागजिनका सम्पादक रहिसकेका क्यालित्स्कीले पुस्तकमा पूँजीवादको दुई सय वर्षको इतिहासमा हरेक विश्व—आर्थिक मन्दीपछि कसरी सरकारको भूमिका र सरकार एवं बजारबीचको सम्बन्ध परिवर्तन भयो भन्ने विश्लेषण गरेका छन् । 

पहिलो र दोस्रो संस्करण

क्यालित्स्कीले पहिलो विश्वयुद्घसम्मको अर्थतन्त्रलाई पूँँजीवादको पहिलो संस्करण (संख्या १.०) भनेका छन् । त्यसबेला बजारले अर्थतन्त्रलाई चलायमान राख्छ भन्ने सिद्घान्त सर्वमान्य थियो, राजनीतिज्ञ र अर्थशास्त्रीबीच वैचारिक सम्बन्ध थिएन । युद्घ खर्चका लागि उठाइने कर बाहेक अन्य आर्थिक क्रियाकलापमा सरकारको खासै भूमिका हुने गर्दैनथ्यो । पहिलो विश्वयुद्घबाट गुज्रिएर सन् १९३० सम्म आइपुग्दा अमेरिका ठूलो आर्थिक मन्दीमा प¥यो । त्यो महामन्दीले ल्याएको सामाजिक चुनौतीलाई सम्बोधन गर्न पूँजीवादको पहिलो संस्करणमा परिमार्जनको आवश्यकता महसूस गरियो । यसका लागि सरकार र राजनीतिज्ञहरूको भूमिका अपरिहार्य मानियो । त्यस दशकमा अंग्रेज अर्थशास्त्री जोन म्यानार्ड किन्स्को आर्थिक सिद्धान्त र अमेरिकी राष्ट्रपति फ्य्रांकलिन रुजभेल्टको ‘न्यू डिल’ नीतिले पूँजीवादको मुहार फेरिदियो । सरकार, त्यसलाई चलाउने राजनीतिक दल, त्यसका नेता र सल्लाहकारहरूले मन्दीबाट उत्पन्न चुनौती सामना गर्न सक्छन् भन्ने विचारले प्रोत्साहन पायो । क्यालित्स्की यस कालखण्डलाई पूँजीवादको दोस्रो संस्करण (संस्करण २.०) भन्छन् । 

तेस्रो संस्करण

सन् १९७० को दशकमा विश्वमा फेरि आर्थिक मन्दी छायो । सन् १९८० मा अमेरिकी राष्ट्रपति चुनिएका रोनाल्ड रेगन र त्यसअघि ब्रिटेनको प्रधानमन्त्री बनेकी मार्गरेट थ्याचरले मन्दी समाधान गर्न खुला अर्थनीतिको अवधारणा अगाडि सारे । बजारवाद महŒवपूर्ण हुन्छ भन्दै यी दुवै नेताले खुला अर्थनीतिलाई आफ्नो चुनावी मुद्दा बनाएका थिए । यस कालखण्डमा सरकारको भूमिका गौण पार्दै बजार व्यवस्थालाई पूँजीवाद र अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढाइयो । खुला बजार पुनरागमनको यस कालखण्डलाई क्यालित्स्कीले पूँजीवादको तेस्रो संस्करण अर्थात् ३.० भनेका छन् ।

क्यालित्स्की भन्छन्, “यसरी पूँजीवादको एउटा अध्यायको चुनौती समाधान गर्न पूँजीवादकै अर्को अध्याय आयो । राष्ट्रपति रुजभेल्टको ‘न्यू डिल’ नीति पहिलो विश्वयुद्घसम्म चलेको बजार अर्थतन्त्र भन्दा भिन्न थियो भने थ्याचर र रेगनका अर्थनीति ‘न्यू डिल’ भन्दा फरक ।” क्यालित्स्की अगाडि भन्छन्, “यसरी पूँजीवादको एउटा अध्यायले भोग्ने चुनौती समाधान गर्न पूँजीवादकै अर्को संस्करण आउने क्रम भविष्यमा पनि चलिरहनेछ ।”

संस्करण ४.०

पुस्तकमा क्यालित्स्कीले २००८ मा शुरू भएको वित्तीय सङ्कटपछिको कालखण्डको पनि विश्लेषण गरेका छन् । त्यस वर्ष लेहम्यान ब्रदर्स र नर्थ रक जस्ता वित्तीय संस्थाहरू डुबेपछि पूँजीवादको नयाँ कालखण्ड शुरू भयो जसलाई लेखक पूँजीवादको संस्करण ४.० को संज्ञा दिन्छन् । सन् २००८ को वित्तीय सङ्कटका निम्ति उनी तत्कालीन अमेरिकी राष्ट्रपति जर्जडब्ल्यु बुश सरकारका वित्तमन्त्री हेनरी पाउलसनलाई मुख्य रूपमा जिम्मेवार ठह¥याउँछन् । लेखक भन्छन्, “पाउलसनले लेहम्यान ब्रदर्स लाई लिक्विडेसनमा पठाएर अरू वित्तीय संस्थालाई पनि सङ्कटमा पारेपछि अमेरिकी अर्थतन्त्र मात्र होइन विश्व अर्थतन्त्रमा नै त्यसको प्रभाव परेको थियो ।” उनले पाउलसनलाई पूँजीवादका लागि विश्वमा नै खतरनाक व्यक्तिका रूपमा प्रस्तुत गरेका छन् । सन् २००८ को वित्तीय सङ्कट व्यापक आर्थिक सङ्कटको रूपमा परिणत भएको क्यालित्स्कीको विश्लेषण छ । पाउलसनको निर्णय गलत सावित गर्न पुस्तकमा क्यालित्स्कीले ‘पाउलसनका आर्थिक प्रभावहरू’ (द इकोनोमिक कन्सिक्वयन्सेस अफ मिस्टर पाउलसन) भन्ने शीर्षकमा एउटा विस्तृत र छुट्टै खण्ड प्रस्तुत गरेका छन् ।

नीति र रणनीति

क्यालित्स्की भन्छन्, “पूँजीवादको चौथो संस्करणमा बजार व्यवस्थापन र समन्वयमा सरकार जिम्मेवार हुनुपर्छ । सरकारले बजारको माग पहिल्याई यसका विकृतिको लेखाजोखा गरी बजारलाई सन्तुलन गर्ने भूमिका निर्वाह गर्नुपर्छ ।” बजारको समुचित व्यवस्थापनका लागि राजनीतिक र आर्थिक हिसावले चाल्नुपर्ने कदम र लिनुपर्ने नीतिको फेहरिस्त पनि तयार पारेका छन् लेखकले । उनले त्यसमा उल्लेख गरेका तर्क र उपाय नौला र सिर्जनात्मक भने होइनन्; किनभने यस्ता औजारबारे वुद्घिजीवीहरूबीच धेरै पहिलेदेखि नै चर्चा–परिचर्चा हुने गरेको छ । क्यालित्स्कीले पुस्तकमा मुद्रा, वित्त, ऊर्जा, स्वास्थ्य सेवा, कर, वातावरण र आवास व्यवस्थापनका विषयमा केही पूर्वानुमान पनि गरेका छन् । 

क्यालित्स्कीको तर्क अर्थशास्त्री जोशेप शुम्पिटरको क्रिएटिभ डिस्ट्रक्सन सिद्धान्तमा आधारित छ भन्ने अनुभूति हुन्छ । औद्योगिकीकरणले अर्थतन्त्रलाई परिष्कृत बनाउने मात्रै होइन, नयाँ व्यवस्था र संरचना पनि ल्याउँछ एवं पुरानोलाई विस्थापित गर्छ भन्ने सिद्धान्त शुम्पिटरले प्रतिपादित गरेका थिए । शुम्पिटरले यो प्रक्रिया दिगो नहुने विचार राखे तापनि क्यालित्स्की यस सिद्धान्तबारे आशावादी देखिन्छन् । उनी भन्छन्, “हरेक आर्थिक मन्दीको चुनौती सामना गर्न नीतिनिर्माताहरू नौलो सोचका साथ आउने छन् ।” परिवर्तनलाई आत्मसात् गर्ने गुणका कारणले मात्र नभई साम्यवादी अर्थतन्त्रले जस्तो भूल नगरेका कारणले पनि पूँजीवाद जीवित रहिरहनेछ भन्ने अन्य विश्लेषकहरूको पनि निक्र्योल रहेको छ ।

क्यालित्स्की नीतिनिर्माताप्रति अतुलनीय विश्वास राख्छन् । नीतिनिर्माताले कुनै पनि विश्व आर्थिक मन्दीको समाधान पहिल्याउने छन् र अर्थतन्त्र सही बाटोमा ल्याउने छन् भन्ने उनी ठान्छन् । तर तिनै नीतिनिर्माताको कारणले नै आर्थिक मन्दी निम्तिएको आरोप पनि उनले लगाएका छन्, पुस्तकमा । सरल भाषामा लेखिएको यस पुस्तकमा पूँजीवादले भोगेका आरोह–अवरोहका विवरणका साथै यस विषयका केही वाद–विवाद, बजारवादको स्तर एवं विभिन्न कालखण्डमा राजनीतिक नेता र बुद्घिजीवीले खेलेको भूमिका पनि प्रस्तुत छन् । मूलतः घटनाक्रमलाई आधार बनाएर लेखिएको पुस्तक कुनै सिद्धान्तबाट निर्देशित नभए तापनि अर्थशास्त्र र राजनीतिमा रुचि राख्ने पाठकका लागि उपयोगी छ ।

सामान्यतः राजनीतिक नेताले नीतिनिर्माताको भूमिका निर्वाह गर्छन् । तर धेरै मुलुकमा नेतृत्व पंक्ति खास सिद्धान्त आत्मसात् गर्ने भन्दा पनि शासनसत्तामा निर्वाचित हुने वा मनोनीत हुने र आफ्नो सत्ता धेरैभन्दा धेरै दिनका लागि टिकाइराख्न लिप्त रहने गरेको पाइन्छ । व्यक्तिगत स्वार्थबाट निर्देशित यस्तो नेतृत्वपंक्तिको निर्णयले ल्याउने पूँजीवादको परिवर्तित आयाम जनहितमा हुन्छ कि हुँदैन भन्ने गम्भीर प्रश्न सबैका सामु उपस्थित नै छ । 

(बज्राचार्य अर्थशास्त्री हुन् ।)

 

बढ्दो आर्थिक असमानताबारे थप विश्लेषण

पुस्तक ः इनइक्वालिटीः ह्वाट क्यान बी डन ?

लेखक ः एन्थोनी बार्नेस ‘टोनी एट्किन्सन’

प्रकाशक ः हार्वर्ड युनिभर्सिटी प्रेस

पृष्ठ ः ३८४

मूल्य ः  २९.९५ डलर

समीक्षक ः हरि रोका

सर एन्थोनी बार्नेस ‘टोनी एट्किन्सन’ बेलायती अर्थशास्त्री हुन् । झ्न्डै चार दशकदेखि सम्पत्ति वितरण र असमानताबारे बृहत् खोज र अनुसन्धानमा संलग्न छन् उनी । बेलायतका विभिन्न कलेज र विश्वविद्यालयहरूमा लामो समय अध्यापन गरिसकेका एट्किन्सनका सन् १९६६ देखि २०१५ सम्ममा ५० भन्दा बढी अर्थशास्त्र सम्बन्धी एकल र संयुक्त पुस्तकहरू, ३५० को हाराहारीमा खोज तथा अनुसन्धानमूलक लेख–रचना प्रकाशित छन् । ७२ वर्षीय एट्किन्सन उदारवादी पूँजीवादी अर्थशास्त्रीहरूले सम्मानसाथ लिने नाम हो । एट्किन्सनले सन् २०१५ मा इनइक्वालिटीः ह्वाट क्यान बी डन ? नामक पुस्तक लेखे जसलाई हार्वर्ड युनिभर्सिटी प्रेसले छापेर बजारमा ल्यायो । उदारवादी अर्थशास्त्रीहरूका गुरु मानिने एट्किन्सनको यो चर्चित पुस्तक सन् २००८ को बृहत्–मन्दीपछि असमानतामाथि लेखिएका झ्ण्डै आधा दर्जन प्रभावकारी पुस्तकमध्ये एक हो ।

असमानताको बहस

सन् २०१५ को जनवरीमा डाभोसमा सम्पन्न वल्र्ड इकोनोमिक फोरममा अक्सफामकी एक्जुकेटिभ डाइरेक्टर विन्नी ब्यानीमाले बृहत् मन्दीपछि थोरै व्यक्तिमा एकत्रित हँुदै गएको सम्पत्ति सञ्चितिले आर्थिक वृद्धि र सरकार सञ्चालन दुवैमा प्रभाव पार्ने बताउँदै भनेकी थिइन्, ‘धनीहरू सत्ताधारीलाई प्रभावमा पारेर कर कटौती मात्र गर्दैनन् समाजमा आवश्यकता धेरै भएका मानिसको जनजीविकाका लागि सहयोगी वस्तु वितरणमा समेत रोक लगाउँछन् । तसर्थ असमानता सहज र स्वाभाविक रूपमा बढेको होइन, जानीजानी रचना गरिएको विषय हो ।’ विन्नीले मूलधारका अर्थशास्त्रीहरूलाई असमानताको प्रश्न आर्थिक वृद्धिको सह–उत्पादनका रूपमा मात्र हेर्ने गरेको र सन् २००८ को वित्तीय सङ्कट जस्तो ठूलो दुर्घटना निम्तिंदा पनि गम्भीर नभएको आरोप लगाएकी थिइन् । सन् २०१६ को जनवरीमा प्रकाशित अक्सफामको एक प्रतिवेदनले आर्थिक हिसाबले सबैभन्दा तल रहेको विश्व जनसंख्याको (३ अर्ब ६० करोड) आधाभन्दा बढी सम्पत्ति ६२ जना व्यक्तिको हातमा थुप्रिएको आँकडा प्रस्तुत गरेको थियो । सन् २०१४ मा यो संख्या ८० थियो भने सन् २०१० मा ३८८ ।

असमानताको विषयलाई यहाँ सँगै समीक्षा गरिएका अर्थशास्त्री थोमस पिकेट्टीका पुस्तकले पनि उठाएका छन् । (हे.पृष्ठ ५१) असमानताबारे पिकेट्टीले अगाडि सारेका प्रमुख तीन वटा तथ्य हुन्— १. पछिल्लो ३० वर्षमा आय र सम्पत्तिको अनुपात क्रमिक रूपमा बढेको देखिन्छ । २. आयआर्जनको भन्दा सम्पत्ति वृद्धिको अनुपात बढ्यो भने सम्पत्ति केही व्यक्तिमा मात्रै थुप्र्रिंदै जान्छ । र ३. समाजमा विभाजनको गहिरो खाडल कोरिनुअघि वा समाज ध्वस्त हुनुअघि नै कर लगाएर नयाँ वितरणमा जानुको विकल्प छैन । १९८० को दशकमा नवउदारवादी व्यवस्थाको हालीमुहाली शुरू भएपछि विश्व अर्थतन्त्रमा दुइटा शक्तिगत प्रवृत्ति देखा परे । पहिलो, पूँजीवादी अर्थतन्त्रमा कम उत्पादन (आउटपुट) तर आयमा वृद्धि (इनकम ग्रोथ) देखियो । दोस्रो, आय बृद्धिसँगै रोजगारी बढाउनेतर्फ घट्दो ध्यान । फलस्वरूप अर्थतन्त्रको विस्तार वा आम मानिसको पूँजी निर्माणमा संलग्नता बढाउन राज्यको खर्च जुन हिसाबमा बढ्नुपथ्र्यो सो अनुसार बढेन, घट्यो । सामान्य मानिस आयआर्जन गर्ने क्रियाकलापमा पछिपरे । असमानता चुलिनु अस्वाभाविक थिएन ।

एट्किन्सन पूँजीवादले निम्त्याउने सम्भावित सङ्कटका केस्रा–केस्रा केलाउँछन् । शायद सङ्कटलाई मध्य नजर गरेर होला उनले अर्थशास्त्रलाई सामाजिक र नैतिक (सोसल एण्ड मोरल) विज्ञानका रूपमा व्याख्या गरेका छन् । पुस्तकले पारिवारिक सहयोग र फाइदाका लागि प्रगतिशील करमा फर्कनुपर्ने तर्क गर्छ । एट्किन्सनको विश्लेषण अमेरिकी अर्थशास्त्री साइमन कुज्नेतसको अनुसन्धानसित पनि जोडिन्छ । सन् १९५३ मा कुज्नेतसले ‘सेयर्स अफ अपर इनकम ग्रुप एण्ड सेभिङ’ नामक अध्ययन प्रकाशित गरे जुन अमेरिकी राष्ट्रिय आय र सम्पत्तिको पहिलो विवरण मानिन्छ । सो अध्ययनले सन् १९१३ देखि वर्षैपिच्छे आम अमेरिकीको सम्पत्ति वितरण, कर व्यवस्थापन, संघ र राज्यहरूले उठाउने कर एवं खर्चको प्रष्ट चित्र उतारेको थियो । यो विश्लेषणले राज्यलाई चुलिंदो असमानता नियन्त्रण गर्ने बाध्यता सिर्जना गरेको थियो । सन् १९७८ मा एट्किन्सनले अलान ह्यारिसनसँगको सहकार्यमा कुज्नेतसले देखाएको बाटो परिमार्जन गर्दै र डिष्ट्रिब्युसन अफ पर्सनल वेल्थ इन ब्रिटेन नामक पुस्तक प्रकाशित गरे । त्यस पुस्तकमा सन् १९१० देखि १९७५ सम्म बेलायतमा आर्थिक, सामाजिक तथा राजनीतिक शक्तिहरूले आर्थिक र सामाजिक क्षेत्रको विकासमा के–कस्ता योगदान गरे भन्ने प्रष्ट्याउँदै आर्थिक व्यवस्थापनमा वितरणको भूमिका उजागर गरिएको छ । 

अन्यत्रका असमानता

बढ्दो असमानताको वास्तविकता विकसित पूँजीवादी मुलुकहरूमा मात्रै सीमित छैन । कम उत्पादन तर आय भने बढ्दै गरेको विडम्बनालार्ई क्रेडिट सुसेले सन् २००० देखि २०१४ सम्म गरेको सर्वेक्षणले पनि उजागर गरेको छ । (ग्लोबल वेल्थ डाटाबुक, २०१४ पृष्ठ १२७) अर्जेन्टिना, चिली, चीन, ग्रीस, भारत, टर्की, युनाइटेड अरब इमिरेट्स जस्ता मुलुकमा धनी अर्थात् माथिल्लो १ देखि १० प्रतिशतसम्मको वित्तीय पूँजी आर्जन दर बढी देखिएको छ । सन् २००० देखि २००७ सम्मको तथ्याङ्कमा पनि यस्तै क्रम देखिएको थियो । दुवैको निक्र्योल हो— धनी र गरीबबीच रहेको असमानताको खाडल झ्न् गहिरो बन्दै गएको छ । एट्किन्सनले अति विकसित मुलुकको असमानताबारे समाधान प्रस्तुत गरेका छन् । तर विकासशील तथा कम विकसित मुलुक असमानताबाट कसरी मुक्त हुनसक्छन् भन्ने चर्चा भने गरिएको छैन । नेपालजस्ता मुलुकले असमानता कसरी हुन नदिने ? त्यसबाट कसरी उम्कने ?

विश्वव्यापी परिवेशका अध्येता अर्थशास्त्री ब्रान्को मिलानोभिक असमानताको यो स्थितिलाई तीन किसिमबाट हेर्नुपर्ने बताउँछन् । पहिलो, धेरैवटा देशबीचको तुलनात्मक अध्ययन । उनी भन्छन्, परिवारको आय–आर्जन र सम्पत्ति (हाउसहोल्ड इनकम्स एन्ड वेल्थ) संलग्न नगरेर अध्ययनमा गणितीय ‘मीन’ मार्फत अर्थात् प्रत्येक देशको कुल राष्ट्रिय आयलाई कुल जनसंख्याले भाग गर्दै ‘मीन इन्कम’ को गिनी कोफिसियन्ट निकाल्नुपर्छ । दोस्रो, गरीबी वा असमानताको आकलन अङ्कगणितीय ‘मीन’ का आधारमा होइन व्यक्ति वा पारिवारिक खर्च गर्ने क्षमता (पर्चेजिङ पावर पारिटीः पीपीपी) का आधारमा गर्नुपर्छ । विभिन्न मुलुकका जनताको जीवनस्तर, लवाइखुवाइ वा कमाइधमाइमा एकरूपता नभएको हुँदा यो विधि आवश्यक हुन्छ । यसको एउटा कारण हो, सन् १९९० पछि केही विकासशील मुलुकको जनसंख्याको वितरण । ती मुलुकमा जनसंख्याको चाप छरिने (डिभरजेन्स) भन्दा एकीकृत हुने (कन्भरजेन्स) क्रम बढेको छ । अर्थात् शहरतर्फ आकर्षित हुने वा नयाँ शहर बसाल्नेतर्फ ध्यान आकृष्ट हुन थालेको देखिन्छ । चीन र भारत यसका उदाहरण हुन् । ३० वर्षको अवधिमा चीनको शहरी जनसंख्या २५ प्रतिशतबाट बढेर ५० नाघेको छ भने भारतले चीनलाई पछ्याइरहेको छ । यी मुलुकका क्रमशः झ्न्डै २५ र १० प्रतिशत जनसंख्या नाटकीय ढङ्गले मध्यम वर्गमा उक्लन सफल भएका छन्, तर गरीब जनसंख्या भने झ्न् डरलाग्दो गरी सीमान्तकृत हुन पुगेका छन् । ब्रान्को अगाडि लेख्छन्, ‘३० वर्षको अवधिमा चीनका झ्न्डै ४० प्रतिशत घरधुरीले आफ्नो सामुदायिक जमीन (कम्युनल ल्यान्ड) गुमाए । तिनका खाद्यान्न कुपन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा सुविधा जस्ता कुरा पनि गुमे । चीनको भन्दा बढी दयनीय हालत भारतको छ । 

ब्रान्कोले प्रस्तावित गरेको तेस्रो विधि घरधुरी सर्वेक्षणसित सम्बन्धित छ । कतिपय अति कम विकसित मुलुकहरूमा घरधुरी सर्वेक्षण गर्ने अवस्था नरहन सक्छ । ब्रान्को भन्छन्, त्यस्तो अवस्थामा आफूजस्ता वा आफूूभन्दा विकसित मुलुकहरूका सर्वेक्षणलाई आत्मसात् गरेर पनि हिसाबकिताब गर्न सकिन्छ । उदाहरणका लागि अमेरिकामा एउटा कारको मूल्य १ हजार डलर पर्छ भने नेपालमा रु.१ लाख १० हजार पर्ने भयो (१ डलर = ११० नेरु) । वार्षिक रु.११ लाख (१०,००० डलर) आम्दानी गर्ने नेपालीले त्यो कार खरीद ग¥यो भने उसले आफ्नो आम्दानीको १० प्रतिशत लगायो । यसरी हरेक घरधुरीको डलर हिसाब गर्न सकिन्छ । यद्यपि मिलानोभिक भन्छन्, यो बोझ्लिो तरीका हो । एट्किन्सनले ब्रान्कोको सल्लाहलाई स्वीकार्ने आवश्यकता महसूस गर्नुपर्ने थिएन । किनकि बेलायती असमानता मापनका लागि सही तथ्याङ्क प्राप्त गर्न कुनै कठिनाइ थिएन । तर तेस्रो विश्वका मुलुकहरूका लागि ब्रान्कोका प्रस्तावित विकल्पहरू मननीय छन् ।

करको दायरा

एट्किन्सनका अनुसार सन् १९८० को दशकदेखि आयकरको दर घटाउन थालेपछि सम Click here to download

Manthan ( मन्थन )

Current Projects

Political Economy Analysis of Hydrological Interventions in Koshi Basin

Read More →

Recent Publications

Poster_Climate Change Adaptation: Role of Indigenous Knowledge and Practices (IKP)

Read More →

Poster_Tropical Cyclone and Tourism in Nepal

Read More →

Poster_Sustainable Rural Electricity Services Program

Read More →