Manthan-Kartik 2071

Published on: 2016-02-09

‘मन्थन’ कै बारे

देश तथा विदेशबाट प्रकाशित समाजोपयोगी पुस्तकहरूको समीक्षा नेपाली भाषामा तयार पारेर नेपाली पाठकसमक्ष प्रस्तुत गर्ने रहर झण्डै एक दशकपछि, २०६३ कात्तिकमा मन्थन को पहिलो अंकको प्रकाशनसँगै पूरा भएको थियो । २०६८ सम्म आइपुग्दा मन्थन का ११ वटा संस्करणमा ६३ वटा पुस्तकको समीक्षा प्रकाशित भयो ।  यसका हरेक संस्करणले समीक्षा गरिएका पुस्तकका विषयवस्तुलाई आधार मानी नेपाली समाजसित संवाद स्थापित गर्ने प्रयास गरेका थिए । पाठकहरूबाट प्राप्त सुझव, टिप्पणी र प्रतिक्रियाले हामीलाई सन्तुष्टि मात्र दिएन, थप हौसला र प्रेरणा पनि दिए । मन्थन को प्रकाशनलाई हामीले एउटा सत्कार्यको रूपमा लियौं ।  

तथापि; पर्याप्त प्रयासका बाबजूद व्यावहारिक विषयहरूमा हाम्रो क्षमता पुगेन । खासगरी मन्थन का अंकहरू धेरैभन्दा धेरै पाठकमा पु¥याउन हामीले सकेनौं । त्यसबाट हामीलाई के ज्ञान भयो भने यस किसिमको कार्य एक्लो बुतामा सम्भव नहुने रहेछ । तर अगाडि कसरी बढ्ने त भन्ने प्रश्नमा रुमल्लिंदा रुमल्लिंदै झ्ण्डै अढाइ वर्षसम्म मन्थन स्थगित हुनपुग्यो । यसका नयाँ संस्करणहरू निस्कन सकेनन् । त्यसपछिका दिनमा हाम्रो ध्यान ‘मन्थन’ को प्रकाशनलाई कसरी निरन्तरता प्रदान गर्नेभन्दा पनि प्रकाशित गरेपछि कसरी बढीभन्दा बढी पाठकसमक्ष पु¥याउने भन्ने उपाय पहिल्याउनमा केन्द्रित रह्यो । त्यतिबेलासम्म शिक्षक मासिक र आइसेट नेपालबीच सहकार्य शुरू भई ‘आइसेट’ ले गरेका अध्ययन र अनुसन्धानका कैयौं निचोड शिक्षक मा छापिइसकेका थिए । त्यसरी छापिएका लेख मार्फत आइसेट र शिक्षकका पाठकबीच एकखालको संवादको थालनी भइसकेको थियो । 

शिक्षक मासिकले शिक्षाको विभिन्न आयाम विवेचना गरी शिक्षाको स्तर उकास्न निकै ठूलो योगदान गरेको हाम्रो ठम्याइ छ । नेपाली समाजलाई समृद्धिको बाटोमा लैजान शिक्षित, सुसंस्कृत एवं विश्वव्यापी ज्ञानपुञ्जका विभिन्न आयामसित परिचित पुस्ता नै मेरुदण्डको रूपमा रहने हामो विश्वास पनि हो । यही विश्वासलाई मूर्त रूप दिंदै शिक्षक मासिकको यसै अङ्कदेखि आइसेट–नेपाल र शिक्षक मासिकको सहकार्यमा मन्थन पुस्तक समीक्षाको पुनः प्रकाशन शुरू गरिएको छ । नेपाली समाजमा हुर्कंदै गरेको पुस्तक पठनको संस्कार, त्यसका आधारमा ज्ञानको सम्प्रेषण, नागरिकबीच सृजनात्मक संवादका मञ्चको रूपमा मन्थन को प्रकाशन निरन्तर राख्न हामी समर्पित रहनेछौं ।   

                               अजय दीक्षित, आइसेट–नेपाल

 

केही थप कुरा

शिक्षक मासिक र आइसेट नेपालको सहकार्यका रूपमा थालनी गरिएको ‘मन्थन’ पुस्तक समीक्षा खण्ड हाललाई हरेक चौथो महीना (अर्थात् वर्षमा तीनपटक) प्रकाशित हुनेछ । पाठकहरूको रुचि र सुझवका आधारमा त्यसपछिका दिनमा यसलाई मासिक या द्वैमासिक पनि तुल्याउन सकिनेछ । 

यो फोरम सबैका लागि खुला रहनेछ । तथापि स्थानको सीमितता र पुस्तक एवं समीक्षकको छनोटमा पर्न सक्ने दोहोरोपनलाई ध्यानमा राखी समीक्षा पठाउनुअघि सम्पादकलाई जानकारी गराउनुहुन अनुरोध गर्छौं । प्रकाशित समीक्षाका समीक्षकलाई शिक्षक को नियम अनुसार पारिश्रमिक दिइनेछ । 

                                     सम्पादक, शिक्षक मासिक

सपनाका व्यापारी र एनिमल फार्म

चारखुट्टेको घरजम

लेखकः जर्ज अरवेलअनुवादकः फणिन्द्रप्रसाद उपाध्याय

-समीक्षक ः अजयभद्र खनाल

कार्ल माक्र्सले लुइ नेपोलियनको अठारौं ब्रूमेर भन्ने आफ्नो पुस्तकमा लेखेका छन्; इतिहास दोहोरिन्छ, पहिलोपल्ट वियोगान्त र दोस्रोपल्ट व्यङ्ग्यको रूपमा । 

इतिहासका पात्र र घटना कसरी दोहोरिन्छन् भनेर विश्लेषण गर्ने क्रममा अन्य दार्शनिकले झैं माक्र्सले माथि उल्लिखित भनाइ अघि सारेका हुन् । प्रायः नयाँ इतिहास रच्न खोज्ने पात्रहरू असफल हुन्छन् र उनीहरूको सत्प्रयासको दुःखद् अन्त्य हुन्छ । लाग्छ उनीहरू समयअगावै जन्मे वा समय उनीहरूको नवीन विचार ग्रहण गर्न सक्षम भएन । त्यति हुँदाहुँदै पनि कालक्रममा तिनै पात्रलाई नक्कल गरेर हिरो बन्न खोज्ने नयाँ पात्रहरू देखा पर्छन्् । तर उनीहरू मजाकिया वा नक्कली हिरोका स्तरभन्दा माथि उक्लन सक्दैनन् । नेपाली समाजको सन्दर्भमा योे हामीले पनि कैयन् पटक नजिकैबाट देखेको कुरो भयो, तर चारखुट्टेको घरजम भन्ने पुस्तकको सन्दर्भमा भने ठीक उल्टो भएको देखिन्छ । 

त्यसो त चारखुट्टेको घरजम मौलिक नेपाली उपन्यास नभएर ब्रिटिश भारतको मोतीहारीमा जन्मेका अंग्रेज उपन्यासकार जर्ज अरवेलको विश्वप्रसिद्ध र अमर कृति एनिमल फार्मको अनुवाद हो । एनिमल फार्म पहिलोपल्ट सन् १९४५ मा छापिएको थियो । विश्वका अन्य सन्दर्भ र समयमा पनि मिल्ने भएको कारण उपन्यास आज पनि लोकप्रिय छ । 

पुस्तकको नेपाली अनुवाद २०२७ सालमा पहिलोपल्ट फणिन्द्रप्रसाद उपाध्यायले गरेका थिए चारखुट्टेको घरजम शीर्षक दिएर । नेपाल प्रज्ञा–प्रतिष्ठानले पुस्तक छापेको थियो । अनुवादकले आफ्ना दुई शब्दमा लेखेका थिए, “मूल ग्रन्थले मलाई एकछिन भए पनि हँसाएकाले अनुवाद गरेको हुँ । यो किनेर पढ्नेलाई मलाई जस्तै हाँसो उठ्यो भने किन्दा खर्च भएको पैसाको सदुपयोग नै भएको अवश्य लाग्ला ।” पहिलोपल्ट यो पुस्तकको नेपाली अनुवाद छापिंदा प्रमुख उद्देश्य मनोरन्जन रहेको देखिन्छ ।

वि.सं. २०७१ मा चारखुट्टेको घरजम फेरि छापिएको छ । यो संस्करण पुस्तक मनोरन्जनको रूपमा भन्दा नेपाली समाजको दुःखान्तपूर्ण इतिहासको बिम्ब बनेर आएको छ । १० वर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनमा अन्तर्निहित जनताका अपेक्षा कसरी दुःखान्तमा परिणत हुन सक्छन् वा दुःखान्तमा परिणत हुँदै गरेका छन् भन्ने दृष्टान्त पुस्तकले हामीलाई देखाउँछ । यो पुस्तकको दोस्रो अनुवाद संस्करण छापिने साइत यसै वर्ष नै जुर्नुको कारण पनि यही नै हुन सक्छ । अहिले यो पुस्तक नेपालको दुःखद् इतिहासको तीतो सन्देशको प्रतीकको रूपमा प्रस्तुत भएको छ । त्यसैले यो पुस्तक पढ्दा हामी धेरैलाई हाँस्न मन नलाग्न सक्छ, बरु नरमाइलो लाग्न सक्छ ।

सामान्यतया पुस्तक समीक्षा गर्दा त्यसको कथावस्तु खोलिंदैन, किनभने कथा पढ्ने अधिकार पाठकको हो । समीक्षकले उसको अधिकार हनन् गर्न मिल्दैन । तर चारखुट्टेको घरजम समीक्षा गर्दा कथावस्तुबारे केही नबोली रहन सकिन्न । पुस्तकको गहनताको यो एउटा मापदण्ड पनि हुन सक्छ । त्यसैले यस आलेखले पुस्तकका केही पृष्ठभूमि र विषयवस्तु केलाउने प्रयास गरेको छ ।

प्रजातान्त्रिक समाजवादी जर्ज अरवेल सोभियत संघको कम्युनिष्ट सत्ताका प्रमुख जोसेफ स्टालिनका आलोचक थिए ।  सन् १९४० को दशकमा सोभियत संघमा समाजवादी सपनालाई कुल्चिरहेका स्टालिनबाट बेलायतका बौद्धिक वर्ग निकै प्रभावित थिए । अरवेललाई यो असह्य भयोे । लोकतान्त्रिक मुलुकका बुद्धिजीवीहरू अधिनायकवादी प्रोपोगाण्डाबाट दिग्भ्रमित भएको उनलाई चित्त बुझ्ेन । सुनौलो भविष्यको समाजवादी सपना देख्ने साधारण मानिसहरू त सपना बेच्ने व्यापारीहरूबाट ठगिने नै भए तर बेलायती बुद्धिजीवी पनि ठगिइरहेका थिए । 

जसरी स्टालिनको अधिनायकवादी चरित्रले समाजवादको सुन्दर सपनालाई मजाक र वियोग दुवै स्वरुपमा बदलिदियो, त्यो इतिहासको पनि संसारका विभिन्न भागमा पुनरावृत्ति भैरहेको देखिन्छ । त्यस्तो परिबन्दबाट नेपाल पनि उम्किन सकेको छैन । 

एकदिन हिंड्दै गर्दा अरवेलले के देखे भने एउटा १० वर्षे केटो टाँगा तान्ने ठूलो घोडा लिएर साँघुरो बाटोमा गइरहेको थियो । घोडा यताउता गर्न खोज्यो कि ऊ कोर्राले हानिहाल्थ्यो । अरवेललाई लाग्यो यदि यस्ता जनावरहरू आफ्नो तागतबारे जानकार भए भने मनुष्यले तिनीहरूलाई नियन्त्रण गर्न सक्ने थिएनौं । मानिसहरू जनावरलाई त्यसरी नै शोषण गर्छन्, जसरी धनी मान्छेहरू गरीबलाई । 

यो अनुभवले अरवेललाई नयाँ खालको कथा लेख्न प्रेरणा दियो । कसरी क्रान्तिकारी सपनाहरू यथार्थमा बेचिन्छन् भन्ने सन्देश बोकेको पुस्तक एनिमल फार्म जन्मियो । पुस्तकको सुरुआत सपनाबाटै हुन्छ । 

कुनै मुलुकका जनावरहरू (पुस्तकमा जनावर जनताको प्रतीकको रूपमा छ र मान्छे मालिक) दुःखी छन्, तर तिनको दुःखको कारण देश गरीब भएर होइन । देशको माटो उब्जाउ छ र हावापानी असल । देशले कैयौं जनावरलाई सजिलै पाल्न सक्छ, आफूहरूले कल्पना पनि नगरेको आराम र इज्जत उनीहरूलाई मिल्न सक्छ । जनावरहरू बूढो भएर काम गर्न नसक्ने भएपछि हरियो चौरमा चरेर, आरामसित उग्राउन चाहन्छन् । उनीहरू किन दुःखी छन् त ? उनीहरूको दुःखको कारण हो मालिकको रूपमा रहेको मान्छे । मालिकले जनावरहरूको शोषण गर्छ, सबै उब्जनी चोर्छ । जनावरहरूलाई जिउन मात्र पुग्ने खान दिन्छ, बाँकी आफैं लैजान्छ । जब जनावर काम गर्न नसक्ने हुन्छन्, मालिकले तिनलाई मिल्काइदिन्छ, बेचिदिन्छ वा तलाउमा डुबाएर मारिदिन्छ । मीठो सपना देख्नेहरू सजिलै ठगिन सक्छन् । मालिकले जनावरहरूलाई झ्ुक्याउनका लागि प्रयोग गर्ने तीन प्रमुख माध्यम हुन्; सपना, शब्दजाल र अपारदर्शी व्यवहार ।  

कथावस्तुले नेपालको अवस्था प्रतिबिम्बित गर्छ, मन छुन्छ । नेपाली जनता, मुलुक सुन्दर पार्ने, विकास, सुखसाथ आफ्नै देशमा परिश्रम गरेर बाँच्ने सपना देख्छन् । देशमा यथेष्ट प्राकृतिक स्रोत छ । पैसा पनि छ । श्रम गर्न इच्छुक मान्छेहरू पनि छन् । अपेक्षा पुग्ने सम्भावना नभएका पनि होइन । तर हुनसकेको छैन, बाधक छन् । यस पुस्तकले बाधक निदान गर्ने बाटो त देखाउँदैन तर यसबारे घोत्लिन हामीलाई प्रेरित गर्छ ।

कथावस्तुले सबैभन्दा पहिले सपना प्रस्तुत गर्छ, त्यसपछि परिवर्तनका सम्भावना देखाउँछ र त्यसका बाधक पनि । मुक्तिका लागि जनावरहरू क्रान्तिको बाटो रोज्छन् र नारा बनाउँछन्ः सबै मान्छे शत्रु हुन्, सबै जनावर मित्र । चारखुट्टे राम्रो, दुईखुट्टे नराम्रो । सबै दुईखुट्टे हाम्रा शत्रु हुन् । यसो गर्दा चराहरूलाई अप्ठेरो प¥यो । अनि जनावरहरूले भने— पखेटा हस्तक्षेपको संयन्त्र नभएर गतिको संयन्त्र हो, त्यसैले खुट्टै हो ।

जनावरहरूले विद्रोह गर्छन्, विद्रोह सफल पनि हुन्छ । तर के उनीहरूको सपना साकार हुन्छ त ? पुस्तकको केन्द्रबिन्दु यही प्रश्न वरिपरि गुथिएको छ र प्रश्नले सिर्जना गरेको मानव समाजको सबैभन्दा ठूलो अन्तर्विरोधलाई पुस्तकले व्यङ्ग्यात्मक तरीकाले प्रस्तुत गर्छ । 

जर्ज अरवेलले प्रस्तुत चारखुट्टे क्रान्तिमा होमिने धेरै जनावर कार्यकर्ता थिए । तीमध्ये सबैभन्दा मिहिनेती कार्यकर्ता एउटा घोडा थियो— बक्सर । घामपानी नभनी सबै जनावरको हितको लागि निरन्तर सङ्घर्ष गर्ने ऊ एउटा असल कार्यकर्ता हो । काम गर्न नसक्ने भएपछि एकदिन ऊ लड्छ । ऊ सोच्छ, अब म नेताहरूले वाचा गरेझ्ैं रिटायर भएर हरियो मैदानमा बाँकी जिन्दगी आरामसाथ बिताउँछु । नभन्दै एउटा गजबको गाडी बक्सरलाई लिन आउँछ । तर पछि जनावरले थाहा पाउँछन्, बक्सरलाई त नेपोलियनले छाला व्यापारीलाई पो बेचेका रहेछन् ।  

कथा नेपाली समाजको सन्दर्भसँग निकै मिल्दोजुल्दो छ । हाम्रो देशमा पनि नेताहरूले कर्मठ कार्यकर्तालाई सजिलै धोका दिएका छन्, एनिमल फार्मका आन्दोलनकारी जनावर जस्तै । खोलो त¥यो लौरो बिस्र्यो भन्ने नेपाली उखान जस्तै, कर्मठ कार्यकर्ता सबै कुरा बिर्सन्छन् ।

नेपालको सन्दर्भमा पुस्तकमा विवेचना भएको अर्को उपयोगी पाटो सामन्तवाद वा पूँजीवाद र साम्यवादबीचको भिन्नता हो । पूँजीवादमा मालिकद्वारा मजदूर काम गर्दा धेरै पेलिन्छन् । साम्यवादमा मजदूर उत्तिकै पेलिन्छन्, तर स्वेच्छाले । पूँजीवादमा गलत आइडियोलोजीका कारण जनावर दिग्भ्रमित हुन्छन्, साम्यवादमा सुन्दर सपनाका कारण । आखिरमा जनावरहरूले त्यो स्वेच्छा पनि भ्रम रहेछ भन्ने थाहा पाउँछन् । उनीहरूलाई तिनका नेता नेपोलियनले जुन सपना देखाएको थियो, त्यो त सपना मात्र रहेछ ।

सामान्यतया के भनिन्छ भने पूँजीवादमा शोषण हुन्छ साम्यवादमा त्याग, पूँजीवादमा श्रमले पूँजी सिर्जना गर्छ, साम्यवादमा शक्ति । एनिमल फार्म पढेपछि दुवैमा कुनै तात्विक भिन्नता नरहेको थाहा हुन्छ । नेपालका ज्ञाता धेरैतिर पूँजीवादका मालिक र साम्यवादका महान् नेतामा कुनै फरक देखिंदैन । इमानदार कार्यकर्ता र मजदूर एनिमल फार्मका जनावर जस्ता हुन्छन् जसको श्रम अर्काको फाइदाको लागि मात्र प्रयोग हुन्छ, केही फाइदा पाउँदैनन् ।

नेपालको राजनीतिक इतिहास पनि त्यस्तै एउटा सङ्घर्षको इतिहास हो, यो सङ्घर्षले अन्ततोगत्वा राजतन्त्र फालियो सामन्तवादको द्योतक संस्था अन्त्य भयो । तर के राजतन्त्रलाई अस्वीकार गर्दैमा नेपालमा सामन्तवादको अन्त्य भएको मान्न सकिन्छ त ?

हाम्रा नेताहरू राजतन्त्रलाई फालेकै भरमा ठूलो डिङ हाँक्छन्, तर उनीहरू आफूलाई राजाझ्ैं ठान्दछन् आफैं सामन्तवादी चरित्र देखाउन थालेका छन् । एनिमल फार्मको चारखुट्टे नेपोलियन दुईखुट्टे बन्न खोज्छ । नेपोलियन नेता भएपछि आफूलाई अरूभन्दा विशिष्ट बनाउँछ र पछाडिको दुई खुट्टामा मात्र उभिन्छ । सामन्तवाद भनेको सामाजिक संरचनाको एउटा विशिष्ट स्वरूप हो जहाँ हरेक नागरिकलाई राज्यले समान रूपमा व्यवहार गर्दैन । राजा फाल्दैमा सामन्तवाद हट्दैन, किनभने सामन्तवाद भनेको समुद्रमा तैरिरहेको बरफ (आइसबर्ग) हो जसको नौ भागको आठ भाग जल सतहमुनि लुकिरहेको हुन्छ । मुलुकमा राजालाई त फालियो तर समाजको सतहमुनि लुकेर रहेको सामन्तवादको अन्त्य भएको छैन । 

नेपालमा झ्ुक्याउने र सपना मात्रै देखाउनेको कमी छैन । पात्रहरू पुस्तकका गाताहरूभित्र होइन वास्तविक जीवनमा सजीव छन् । एनिमल फार्मका बक्सरहरूको सट्टा अब नेपाली नामधारीहरू छन् । चारखुट्टेको घरजमले अङ््ग्रेजी पुस्तक एनिमल फार्मलाई नेपाली पाठकको पहुँचमा ल्याएको छ– हामीलाई पूँजीवादी र साम्यवादी सपना बाँडिने क्रममा समाजमा देखिंदै गरेका प्रवृत्तिलाई विन्यास गर्न प्रेरित गर्दै । 

 

साहसी आरोही महिलाको आत्मकथा

ब्रेकिङ ट्रेल ः अ क्लाइम्बिङ लाइफ

लेखक ः अर्लेन ब्लूम

समीक्षक ः रवि वेन्जू

जीवनमा आइपर्ने आरोह–अवरोहलाई छिचोल्दै आफ्नो उद्देश्यको चुचुरोमा पुग्न सजिलो छैन । अप्ठ्याराहरूबाट विचलित नभई आफ्नो उद्देश्यसम्म पुग्न सक्ने व्यक्तिलाई हामी आदर्श ठान्छौं । उनीहरूको बाटो अनुशरण गर्ने प्रयास गर्छौं । सन् १९७५ मा जुन्को ताबेइले सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो महिला भएर बहादुरी देखाइन् । सन् १९९३ मा पहिलो नेपाली महिला आरोही हुने क्रममा नै पासाङ ल्हामु शेर्पाको निधन भयो । सन् २००८ मा नेपाली युवतीको एउटा समूहले सगरमाथाको सामूहिक आरोहण गरे । तर पनि पर्वतारोही भत्रे बित्तिकै मानिसका मनमा पश्चिमा वा नेपाली पुरुषहरूकै छवि आउँछ । 

पर्वतारोहण जस्तो पुरुषप्रधान साहसी काममा अघि सर्ने र त्यसमा सफल हुने महिलामध्येकी एक हुन् अर्लेन ब्लूम (जन्म सन् १९४५) । विश्वका विभित्र शिखरहरूको साहसिक यात्रा गर्न रुचाउने उनी सर्वोच्च शिखर आरोहणको प्रयत्न गर्ने प्रथम अमेरिकी महिला बनिन् । उनले अत्रपूर्ण प्रथम र उत्तर अमेरिकाको डेनाली शिखर चुमिसकेकी छिन् भने ३० भन्दा बढी हिमाल आरोहणको नेतृत्व गरेकी छिन् । अत्रपूर्णा यात्रालाई समेटेर उनले अत्रपूर्णा ः ए ओमन्स प्लेस नामक पुस्तक लेखेकी छिन् । वायोफिजिकल केमेष्ट्रीमा विद्यावारिधि हासिल गरेर स्ट्यानफोर्ड, बेललिस्ली र युनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्यापनको अनुभव बटुलेकी ब्लूम हाल मानिस र वातावरणमा खतरनाक रसायनहरूको असर हटाउन उद्योगी, वैज्ञानिक र वातावरणविज्ञसँग समन्वय गर्दैछिन् ।

यिनै जुझरु आरोहीको आत्मकथा हो, ब्रेकिङ ट्रेल्स ः अ क्लाइम्बिङ लाइफ । २५ खण्डमा विभाजित यस कृतिमा उनले आफ्नो बाल्यकाल, युवावस्था, पर्वतारोहणका चुनौती, प्रेम, मित्रता, विछोड र मातृत्व भावलाई रोचक ढङ्गबाट प्रस्तुत गरेकी छिन् । 

आरोहण, अनुसन्धान र आमा

ब्लूमले आफ्नो पुस्तकका प्रत्येक खण्डमा नयाँ आरोहण र यात्राको वृत्तान्तका साथै आफ्नो बाल्यकालका सम्झ्नालाई उतारेकी छिन् । घटनाको वर्णन सँगसँगै आफ्नो अध्ययन, अनुसन्धान र ज्ञानबाट पाठकलाई प्रेरित गरिरहनु उनको लेखनको विशेषता हो । प्रेम, जीवन र मातृत्वको भावनाले ओतप्रोत यस कृतिले पाठकलाई भावुक बनाउँछ । प्रस्तुत कृतिले उनी हुर्किंदै गरेको बेलाको अमेरिकाको समाज, परिस्थिति र संस्कारलाई पनि उजागर गरेको छ । 

सन् १९४०÷५० को दशकतिर अमेरिकाको समाज, परिस्थिति र चालचलन आजको जस्तो उदारवादी भइसकेको थिएन । अरू महिलाहरूको हकमा त त्यतिबेलाको समाज संकुचित थियो भत्रे कुरा लेखिकाको भोगाइबाट प्रष्ट भएको छ । लेखिकाले त्यो बेला आफ्नो आरोहण यात्रा शुरू गरेकी थिइन् जुनबेला महिलाहरूलाई केवल खाना पकाउने र अह्राएको काम गर्ने आज्ञाकारी मानिसका रूपमा लिइन्थ्यो । आफ्नो बाल्यकालदेखि नै लेखिकाले त्यस्ता थुप्रै कुराहरूको सामना गर्नुपर्ने हुन्छ जसमा महिलाहरूलाई निरुत्साहित गरिन्छ । ११ वर्षकी छँदा उनलाई एउटा धार्मिक स्कूलमा प्रार्थना गाउने इच्छा थियो । त्यतिबेला गुरुले केटीहरूले प्रार्थना गर्न पाउँदैनन् भनेका थिए । उनलाई दुःख लाग्यो । भगवान् त्यति संकुचित त पक्कै छैनन् होला भनेर उनी सोचमग्न भइन् । 

बाल्यावस्थामा नै आफ्ना आमाबाबु अलग भइसकेकाले उनी आमाका साथ मावलामा बस्थिन् । पाँच वर्षकी छँदा घरको एउटा फोटो अल्बममा सबै सदस्यलाई पाउँछिन् तर बाबुको कुनै पनि फोटो देख्दिनन् । सानै उमेरदेखि उनमा आफ्नो बाबुलाई भेट्ने र माया पाउने लालसा थियो । चुरोटको धूवाँबीच रुमल्लिएकी आमा र घरको किचकिचे वातावरणबाट आजित उनी कुनै दिन आफ्नो बुबा आएर उनलाई त्यस माहोलबाट उद्धार गर्ने कल्पना गर्थिन् । यसरी एक संरक्षित बच्चाबाट कसरी उनी एक निडर, आत्मविश्वासी महिला बनिन् भत्रे कुरा रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ, पुस्तकमा । 

अर्लेनले १९ वर्षको उमेरदेखि पर्वतारोहण शुरू गरेकी हुन् । पश्चिमी वासिङ्टनको माउन्ट आडम्स (१२ हजार २७६ फीट) नामक पर्वतबाट सन् १९६४ देखि शुरू भएको यात्रा १९९४ सम्म चल्यो । पहिलो आरोहण गर्दा उनी रीड कलेजमा उत्कृष्ट छात्रा थिइन् । जोन हल नामक साथीसँग उनले आफ्नो आरोहण यात्रा शुरू गरेकी हुन् । त्यसपछि उनले जोन हलसँग थुप्रै पर्वत चढिन् । यही आरोहण र यात्राका दौरान महिला भएकी कारणले थुप्रै ठाउँमा निकै पटक अपहेलित समेत हुनुप¥यो । जोन हलसँग पेरुको एक ज्वालामुखी पहाडको यात्रामा लाग्ने आवश्यक खर्च प्रबन्धका लागि आवेदन गर्दा उनको नाम सामेल गरिएन । तर उनले पेरुको यात्रा निकै साहसपूर्वक तय गरिन् । यात्रामा क्रमशः हेपाटाइटिसले च्याप्दा समेत त्यसको पर्वाह नगरी निरन्तर अघि बढिरहिन् । सन् १९६९ मा आफ्ना केही पुरुष साथीहरूसँग माउन्ट वाडिङ्टन ब्रिटिश कोलम्बियाको सबैभन्दा अग्लो चुचुरोको यात्राका क्रममा समूहले बाटो भुल्दा एक पुरुष सहयात्रीले महिला सहयात्री समूहमा हुनु हाम्रो दुर्भाग्य भनी टिप्पणी गरेका थिए । अझ् उनले कि त महिलाहरू राम्रो आरोही हुँदैनन् अथवा उनीहरू पूर्ण महिला होइनन् भत्रे कुरा गरेका थिए । त्यस्तो गाह्रो र अपहेलनापूर्ण परिस्थितिमा पनि उनले यात्रा सफलतापूर्वक तय गरिन् । उनको यस यात्राले इच्छाशक्ति र दृढता भए सफलता अवश्य मिल्छ भत्रे प्रेरणा दिन्छ । 

उनले महिलाहरूको मात्र समूहलाई नेतृत्व गरेको सन् १९७० को डेनाली आरोहण निकै रोमाञ्चकारी र महŒवपूर्ण भएको थियो । त्यस यात्राले महिलाहरू साहसिक कार्य गर्न बनेका होइनन् भत्रे धारणालाई गलत सावित ग¥यो । उनी भन्छिन्, “पर्वत चढ्नु भनेको ध्यान गर्नुसरह हो, हरेक पाइलामा एकाग्रता र सामन्जस्यको आवश्यकता हुन्छ । मैले कस्तो ठाउँमा पाइला राखें भत्रे कुराले मेरो जीवन र मरण निर्धारण हुन्छ ।”

सन् १९७१ देखि १९७३ सम्मको समय उनले आफ्ना दुई साथी टबी र जोइलसँग अफ्रिकाका पहाडहरू चढ्दै बिताइन् । त्यस्तै उनले इरान, जम्मूकाश्मिर, अफगानिस्तान र नेपालको पनि यात्रा गरिन् । यस यात्रामा भएका हरेक साना–ठूला घटनाक्रमलाई लेखिका आकर्षक ढङ्गबाट प्रस्तुत गर्छिन् । अफगानिस्तानमा उनले जिन्स पाइन्ट लगाएको देखेर छक्क पर्ने स्थानीयदेखि लिएर इथियोपियाको गरीबीको दृश्यलाई पनि उनले सजीव ढङ्गबाट प्रस्तुत गरेकी छिन् । 

उनको सबैभन्दा महŒवपूर्ण र साहसिक यात्रा हो, अत्रपूर्ण हिमशृंखला र सगरमाथा । उनले सन् १९७६ मा सगरमाथा यात्रा गरेकी थिइन् । सगरमाथाको चुचुरोसम्म नै नपुगे पनि उनी चुचुरोको निकै नजिक पुगेकी थिइन् । सगरमाथा चढ्ने क्रममा पनि उनले आफ्ना पुरुष सह–आरोहीहरूद्वारा अपहेलित हुनुप¥यो । यात्राको क्रममा बिरामी पर्दा महिलाहरू कमजोर हुन्छन् तर पुरुष बिरामी पर्नु सामान्य कुरा हो भत्रे एक साथीको टिप्पणीले उनलाई निकै दुःखी बनायो । उनले यी सबै कुरालाई नियाल्दै भनेकी छिन्, “महिलाहरू पुरुष समान मात्र स्वीकारिनका लागि पनि बलियो, उत्कृष्ट र धेरै अनुभवी हुनुपर्छ ।” सगरमाथा यात्राको क्रममा उनले हिमालय आरोहणलाई अरू बढी सङ्गठित र लागू गर्ने ज्ञान हासिल गरिन् र महिलाहरू मात्रको अत्रपूर्ण यात्राको सङ्कल्प पूरा गरिन् । 

सन् १९७८ मा अर्लेनले महिलाहरूको मात्र समूहलाई प्रतिनिधित्व गर्दै अत्रपूर्णको यात्रा सफलतापूर्वक तय गरिन् । यात्राका क्रममा उनी र उनका सहयात्रीहरूले भोग्नुपरेको कठिन परिस्थितिमा आफ्ना दुई सहयात्रीको निधन र चुचुरोमा पुगेको क्षणको खुशीलाई मनछुने ढङ्गबाट प्रस्तुत गरेकी छिन् । यो समूह नै ८ हजार मीटर उँचाइसम्म पुग्ने पहिलो अमेरिकी महिला समूह हो । यसै यात्रालाई समेटेर उनले अत्रपूर्णः अ विमेन्स प्लेस नामक प्रस्तुत कृति तयार गरेकी हुन् । त्यस्तै सन् १९८० मा महिलाहरूकै समूह बनाएर उत्तरी भारतको गर्शवाल क्षेत्रको भिगुपन्ठ नामक आइसपिक पनि सफलतापूर्वक चढिन् । डेनाली, अत्रपूर्ण र भिगुपन्ठको यात्रा सफलतापूर्वक तय गरेपछि महिलाहरूले पनि उच्च र कठिनतम हिमालहरू चढ्न सक्छन् भत्रे प्रमाणित भएको मान्छिन्, उनी । भिगुपन्ठलाई आफ्नो अन्तिम आरोहण मान्दै उनले फेरि नयाँ सपना बुनिन् ग्रेट हिमालयन रेन्जको पदयात्रा ।

सन् १९८१÷८२ सम्म उनले हिमालय क्षेत्रको यात्रामै बिताइन् । उनले यो यात्रा हुज स्वीफ्टसँग तय गरिन् । जसलाई उनले १९८० मा बे्रक्लीको एक पार्टीमा भेटेकी थिइन् । यी दुईले भूटानबाट आफ्नो यात्रा शुरु गरे । यात्राका क्रममा हरेक देशको संस्कृति, रहनसहनलाई सजीव चित्रण गरेकी छिन् । नेपाल यात्राको सन्दर्भमा उनले नेपालको अलौकिक सुन्दरताको वर्णन गरेकी छिन् । नेपालका भरियाहरूसँगको आत्मीय सम्बन्धको प्रशंसा पनि गरेकी छिन् । नेपाल यात्राका क्रममा यहाँका बासिन्दाको स्वागत, सत्कार र माया पाएर हर्षित हुँदाको अनुभवलाई पनि खुलेर वर्णन गरेकी छिन् । जुम्ला यात्राको क्रममा त्यहाँको संस्कृति देखेर उनी निकै अचम्मित भइन् । भारतमा महिलाहरू टाउकोमा भारी बोकिरहेका बेला पुरुषहरू हुक्का तान्दै गफ गरिरहेको र बच्चाहरू खाली खुट्टा भैंसी, गाई र बाख्रासँग खेल्दै गरेको दृश्यले नेपाल र भारतको जीवनमा समानता भएको लाग्यो उनलाई । इन्दिरा गान्धीसँगको भेटमा पनि उनले महिलाहरूको मिहिनेतको प्रशंसा गरिन् भने उनीहरूको परिस्थिति देखेर दुःखी पनि भइन् । उनी स्वामी विवेकानन्दले भनेको कुरा सम्झ्न्छिन्, “विश्वको प्रगतिका लागि सबैभन्दा महŒवपूर्ण कुरा भनेको महिलाको स्थितिमा सुधार हो । चरा एउटा पखेटाले उड्न सक्दैन ।”

अनुसन्धान

अर्लेन एक सफल आरोही मात्र नभएर सफल अनुसन्धानकर्ता पनि हुन् । उनी सानैदेखि पढाइमा अब्बल थिइन् । उनले कलेजमा हुँदादेखि नै ज्वालामुखी ग्याँसहरूको अनुसन्धान थालेकी थिइन् । आफ्नो अनुसन्धानबाट उनले प्यासिफिक नर्थवेष्ट र मेक्सिकन ज्वालामुखीहरू नजिक भविष्यमा फुट्न सक्ने र धेरै क्षति हुने कुरा पत्ता लगाइन् । जुन कुरा १४ वर्षपछि सन् १९८० मा सत्य सावित भयो । कलेजको अध्ययन सकेपछि केटी मान्छेलाई चाहिने अध्ययन पूरा भयो भत्रे सोचले परिवारले उनलाई बिहेको दबाब दिए । तर उनी आफ्नो दृढतामा विश्वास गर्दै विद्यावारिधि गर्न चाहन्थिन् । उनले विद्यावारिधि गर्ने क्रममा निकै सङ्घर्ष गर्नुप¥यो । सङ्घर्षका क्रममा उनलाई धेरैचोटि त्यहाँबाट भाग्ने कुरा मनमा नआएको पनि होइन तर उनले आफ्नो अध्ययन पूरा गरेरै छाडिन् । उनले जब आफ्नो विद्यावारिधि अनुसन्धानका लागि सुपरभाइजर बनिदिन प्राध्यापकलाई अनुरोध गरिन् । प्राध्यापकले उनलाई सीधै भनिदिए, ‘नो गल्र्स इन माई गु्रप’ यसले पनि उनलाई कति गाह्रो भयो भत्रे कुरा दर्शाउँछ । पुरुषको यस्तै खाले अहंले महिलालाई सङ्घर्ष गर्न प्रेरित गरेको कुरा पनि उनको पुस्तकले बताएको छ । पुरुष हुनुको घमण्डकै कारण महिलाले प्रगति गर्न सकेको खुलासा पुस्तकले गरेको छ ।

आरोहण र अनुसन्धानको बीचबीचमा उनले आफ्नो प्रेम र व्यक्तिगत जीवनलाई पाठकसामु प्रस्तुत गर्न हिचकिचाएकी छैनन् । रोव गोर्मेसलसँग वैवाहिक जीवनमा बाँधिएकी उनले ४१ वर्षको उमेरमा छोरी जन्माइन् । उनको आरोहणप्रति यति धेरै मोह थियो कि उनले सानी छोरीलाई समेत लिएरै यात्रा गरिन् ।

नेपाल यात्राका एक शेर्पा सहयोगीले मानिसको जीवन सुखी रहन तीन कुरा चाहिन्छ भनेका छन्– गर्नलाई केही काम, बस्नलाई कुनै ठाउँ र माया गर्नलाई कुनै व्यक्ति । मिहिनेत, लगनशील, आत्मविश्वास, साहस र दृढताले उनलाई यी तीनै कुरा प्राप्त गरायो । सफल आरोही, अनुसन्धानकर्ता र आमा बत्रु चानचुने कुरा थिएन तर उनले यसलाई हासिल गरेरै छाडिन् । 

उनले आफ्नो आरोहण यात्राका क्रममा केही सहयात्रीहरू गुमाइन्, अपहेलना र चुनौतीको सामना गरिन् । तर यी सब दुःख पीडाका बाबजूद पनि आफ्नो यात्रा तिरन्तर जारी राखिन् सपना पूरा गरिन् । जीवन जिउँदा बाधा÷अड्चन आउन सक्छ तर जसले दुःखसँग नडराई निराश नभई त्यसको सामना गर्दै अगाडि बढ्छ उसले नै सफलता प्राप्त गर्छ भत्रे प्रेरणा मिल्छ ।

हरेक मानिसले आफूलाई कमजोर नठानी आफ्नो लक्ष्य प्राप्तिका लागि अग्रसर हुनुपर्छ । विशेषगरी महिलाको हकमा त अझ् बढी सक्रिय हुनुपर्छ । ती सबै महिला जो आफ्नो उद्देश्यसम्म पुग्ने बाटो आफैं तय गर्न चाहन्छन् र सफल हुन चाहन्छन् उनीहरूका लागि यो पुस्तक निकै प्रेरणादायी सावित भएको छ । 

 

गरीबीको अर्थशास्त्र

पुअर इकोनोमिक्स ः रिथिङ्किङ पोभर्टी एण्ड दि वेज टु इन्ड इट

लेखक ः अभिजित भी. बनर्जी र एस्थर  डुफ्लो

समीक्षक ः आश्रय दीक्षित

अभिजित भी बनर्जी र एस्थर डुफ्लोको संयुक्त पुस्तक पुअर इकोनोमिक्स ः रिथिङ्किङ पोभर्टी एन्ड द वेज टु इन्ड इट ले गरीबीको कुचक्र कायम रहने सामाजिक र राजनीतिक अन्तरसम्बन्धको लेखाजोखा गर्दै त्यसको निवारणका व्यावहारिक ढाँचाहरू प्रस्तुत गर्छ । 

सामान्यतया अर्थशास्त्रीहरू गणितीय लेखाजोखा एवं कम्प्युटर मोडलको प्रयोग गरेर निष्कर्षमा पुग्छन् र त्यस्तै निष्कर्षहरूले आर्थिक र सामाजिक विकासको बाटो देखाउँछन् भन्ने तर्क गर्छन् । तर समाजका चुनौती र गरीबीका व्यथा गणितीय मोडलले मात्रै समेट्न सक्दैनन् । गरीबीको कुचक्रबाट विपन्न घरपरिवारलाई उकास्ने नीति तर्जुमा गर्नका लागि समाजका वास्तविकतासित जोडिनुपर्छ । साथै विगतमा  गरिएका योजना वा उपायहरूले के–कस्ता असर ल्याए सो आकलन गर्ने विधि हुनु पनि त्यत्तिकै जरुरी हुन्छ ।   

अर्थशास्त्री लेखकद्वय अमेरिकास्थित म्यासाच्युसट इन्ष्टिच्यूट अफ टेक्नोलोजी (एमआइटी) मा रहेको अब्दुल लतिफ पर्भटी एक्सन ल्याब (जे–पाल) नामक अनुसन्धान संस्थामा कार्यरत छन् । उक्त संस्थाले विश्वका विभिन्न मुलुकका सरकार र स्थानीय समुदायको सहभागितामा गरिएका गरीबी निवारणका विभिन्न प्रयासहरूबारे अध्ययन अनुसन्धान गर्छ । सो क्रममा जे–पालका अध्ययनकर्ताहरू विश्लेषणका लागि प्रयोग भइरहेका विधिहरू परिष्कृत पार्छन् । यसरी प्रयोग हुने एउटा विधि हो, ¥यान्डम कन्ट्रोल ट्रायल (आरसीटी) । आरसीटी विधिले नीति वा विकास निर्माणका प्रभावको आकलन गर्दै र नतीजा र निचोडहरूलाई नीति निर्माणमा सहयोगी बनाउने हेतुले नीति निर्माताहरूसित नियमित संवाद गर्छ । यस पुस्तकमा स्थानीय विकास योजनाका सफल वा असफल दुवैथरी अनुभवहरू समेटिएका छन् ।  

गरीबीको बहस

लेखकद्वयले उठाएको गरीबी निवारण सम्बन्धी बहसको एउटा छेउमा कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्री प्राध्यापक जेफरी साक्स छन् । प्रा. साक्सको तर्क छ, गरीबीको कुचक्रका कारण घरपरिवार र व्यक्तिहरू विपन्न भएका हुन् । सामाजिक, राजनीतिक, सांस्कृतिक परिस्थिति र संस्थागत व्यवस्थाले धेरै घरपरिवार र समुदायका सदस्यलाई गरीबीको कुचक्रबाट उम्कन दिँदैन । तिनलाई त्यस्तो कुचक्रबाट बाहिर निकाल्न बाह्य सहयोग (अझ भनौं विदेशी सहयोग) आवश्यक पर्छ । आफ्नो तर्कको पुष्टिका लागि उनी आफ्नै अगुवाइमा अफ्रिकी मुलुकहरूमा कार्यान्वयनमा ल्याइएको सहस्राब्दी ग्राम परियोजनाहरूको उदाहरण दिन्छन् ।  

विवादको अर्को छेउमा विपरीत दृष्टिकोण राख्ने न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक विलियम इष्र्टली छन् ।  उनी भन्छन्, यस्तो बाह्य सहयोगले फाइदा भन्दा बढी बेफाइदा गरेको छ । विदेशी सहयोगले स्थानीय संस्थाहरूलाई भ्रष्ट बनाउँदै सहयोगको व्यापारलाई मात्रै निरन्तरता दिएको छ । उनी थप्छन्, यदि उपयुक्त बजार व्यवस्था कायम रहने हो भने व्यक्ति र घरपरिवारलाई सहयोगको कोसेली आवश्यक पर्दैन ती आफैं नै गरीबीको कुचक्रबाट निस्कन सक्छन् । तर यसो हुन उचित प्रोत्साहन (इन्सेन्टिभ) हुनु जरुरी छ । 

खाद्य असुरक्षाले गरीबीको कुचक्र कायम राख्छ । खाद्यको विषय जीवनयापनका साथै उत्पादकत्वसित पनि जोडिएको छ । प्रश्न हो, यदि विपन्न परिवारलाई पर्याप्त खाना उपलब्ध गराए तिनको आर्थिक उत्पादकत Click here to download

Manthan ( मन्थन )

Current Projects

Political Economy Analysis of Hydrological Interventions in Koshi Basin

Read More →

Recent Publications

Poster_Climate Change Adaptation: Role of Indigenous Knowledge and Practices (IKP)

Read More →

Poster_Tropical Cyclone and Tourism in Nepal

Read More →

Poster_Sustainable Rural Electricity Services Program

Read More →