सपनाका व्यापारी र एनिमल फार्म (Sapanaka Byapari ra Animal Farm)

काल माक्सले लुइ नेपोलियनको अठारौं ब्रूमेर भन्ने आफ्नो पुस्तकमा लेखेका छन; इतिहास दोहोरिन्छ, पहिलोपल्ट वियोगान्त र दोस्रोपल्ट व्यङग्यको रूपमा । इतिहासको पात्र र घटना कसरी दोहोरिन्छन भनेर विश्लेषण गर्ने क्रममा अन्य दार्शनिकले झै माक्र्सले माथि उल्लिखित भनाइ अघि सारेका हुन । पायः नयाँ इतिहास रच्न खोज्ने पात्रहरू असफल हुन्छन र उनीहरूको सत्प्रयासका दुःखद अन्त्य हुन्छ । लाग्छ उनीहरू समयअगावै जन्मे वा समय उनीहरूको नवीन विचार ग्रहण गर्न सक्षम भएन । त्यति हुँदाहुँदै पनि कालक्रममा तिनै पात्रलाई नक्कल गरेर हिरो बन्न खोज्ने नयाँ पात्रहरू देखा पर्छन । तर उनीहरू मजाकिया वा नक्कली हिरोका स्तरभन्दा माथि उक्लन सक्दैनन् । नेपाली समाजको सन्दर्भमा या हामीले पनि कैयन् पटक नजिकबाट देखेको कुरा भयो, तर चारखुट्टेको घरजम भन्ने पुस्तकको सन्दर्भमा भने ठीक उल्टो भएको देखिन्छ ।

Read more:

http://isetnepal.org.np/wp-content/uploads/2020/01/Kartik-2071_charkhutteko-gharjam_1-3.pdf