वित्तीय आँखाबाट समृद्धि यात्राको विश्लेषण (Breakout Nations)

केही दशकमै उच्च आर्थिक वृद्धिदर हासिल गरेर विश्वका कतिपय मुलुक ‘उदीयमान बजार’ मा दरिए । यस्तै प्रकृतिका मुलुकहरूको आर्थिक विकासको यात्रालाई वित्तीय आँखाबाट हेर्दै लेखिएको पुस्तक हो, ब्रेक आउट नेसन । पुस्तकमा समेटिएका त्यस्ता मुलुकहरू हुन— चीन, भारत, ब्राजिल, मेक्सिको, रूस, टर्की र दक्षिण कोरिया । साथै, इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका लगायत कम्बोडिया, लाओस, युक्रेन, साउदी अरेबिया,
श्रीलङ्का, नाइजेरिया, पाकिस्तान, अर्जेन्टिना, युगाण्डा, मोजाम्बिक, भियतनाम र मध्यपूर्वका राष्ट्रहरूमा हुंदै गरेको आर्थिक उथलपथलको परिदृश्य पनि प्रस्तुत छ ।

Read more:

http://isetnepal.org.np/wp-content/uploads/2020/02/Fagun-2071_bittiya-Aankhabat-sambreedhi-yatrako-bishleshan_Shova-Yadav_11-end.pdf