पूर्वबालसैनिकको आत्मकथा (A Long Way Gone: Memories of a Boy Soldier)

विश्वको ध्यान अफ्रिकातिर आकर्षित गर्ने शृङ्खलामा पुस्तक पनि परेको छ । सामान्यतया व्यक्तिगत स्तरमा महिला, पुरुष र बालबालिकाहरूमा द्वन्द्वले कस्तो प्रभाव पारेको छ भन्ने आत्मकथा प्रकाशित छैनन् । फलस्वरूप द्वन्द्वमा फसेका आमनागरिकले भोगेका वास्तविक प्रभाव बुझ्न सजिलो छैन । तर पूर्वबालसैनिक इस्माइल वेको सस्मरण लङ वे गन ले यो कमी पूरा गर्दछ । पुस्तक सियरालियोनको हिंसात्मक द्वन्द्वको गाथा हो । त्यस द्वन्द्वले ल्याएको दुःखद मानवमूल्य प्रस्तुत गर्दै पुस्तकले बीसौं शताब्दीको सबैभन्दा दुःखद र गम्भीर समस्या (रुवान्डादेखि सर्विया) बनेको बालसैनिकको मनस्थिति बुझ्न सहयोग गर्दछ । सशस्त्र झडपको जानकारी मात्र नदिएर संस्मरणले एउटा बालकले भोगेका युद्धको झलक पनि प्रस्तुत गर्दछ । लेखक इस्माइल वे परिवारबाट कसरी बिछोडिए, बालसैनिकका रूपमा द्वन्द्वमा कसरी होमिए र बाँच्न सफल भए भन्ने विस्तृत विवरण पुस्तकमा प्रस्तुत गर्दछन् । वेको मुक्ति र समाजमा पुनरागमनले ३ लाखभन्दा बढी बालसैनिक पुस्तालाई आशाको सन्देश दिन्छ ।

Read more: