Click here for COVID 19 Updates

विपद, वर्क फ्रम होम र पूर्वाधार

Kanchan Mani Dixit

आजबाट २८ दिन पुगेछ नेपाल सरकारले लकडाउन गर्ने निर्णय गरेको । लकडाउन सुरु गरेको दिनको विहान बैङ्गलोरका एक साथीले वर्क फ्रम होमको पेजमा सहमती जनाउन भनेर अनुरोध गरेका थिए । कोभिड–१९ को समयमा सक्रमण हुनबाट जोगीने उपाए भनेर धेरै संस्थाले यसलाई उपनाउन थालेका थिए । यसो गर्दा प्रत्यक्ष रुपमा एक अर्काको नजिक आएर काम गर्नु पर्दैन र रोग सर्ने सम्भावना कम हुन्छ । कार्यालयमा कर्मचारीको स्वास्थलाई मध्यनजर गर्दै घरबाट काम गरौं भनेर निर्णय गरेर कार्यालयबाट आएका थियौं, त्यही दिनको बेलुका नै सरकारले लकडाउन गर्ने निर्णय ग¥यो । लकडाउनमा हामी वर्क फ्रम होम भनेर तर बस्यौं । तर हामीलाई घरबाट काम गर्न अहिलेका पूर्वाधारले सघाउँछ त भन्ने प्रश्नहरु प्रसस्त थिए हामीसँग ।

यी समस्या हेर्दा हामी विपदका लागि पक्का पनि तयार रहेन रहेछौं । विगतमा बाढी र पैह्रो आए, धेरै पाठ दिए तर केही सिकेनौं । ठूलो भुकम्प आएर सामाजमा हलचल ल्यायो । विपद व्यवस्थापनका केही नयाँ सोच र सिकाई आउँछ कि भन्ठानेको त त्यसलाई पनि हामीले केही महिनामा बिर्सिसक्यौं । अहिले कोभिड माहामारीको त्रास छ सबैमा र कतिपयले त यसलाई जितेर अगाडी पनि बढिसकेका छन् । विगतका विपदले झैं यसले पनि विपद ब्यवस्थापनका त्रुटिहरु सूश्म रुपमा औंल्याइदिएको छ । भोलिका दिनमा योभन्दा पनि डरलाग्दा विपदका घटनाहरु आउने निस्चितै छ भन्ने हेतुले सिकाइलाई आत्मसाथ गर्दै विपदका घटना न्यूनीकारण गर्न उचित पूर्वाधारको विकासमा जोड दिऊँ ।

भोलिपल्ट कसरी घरबाट काम गर्ने भनेर योजना तयार गर्दै थिएँ, कार्यालयको एकजना साथीले फोन गर्नुभयो र “सर ट्रयास्फमर पड्केर नेटमा समस्या छ जसले गर्दा नेटमिटिङमा समावेश हुन सक्दिन” भन्नुभयो । म पनि यस्तै चपेटामा थिए । लकडाउनको बेला सबैले आ–आफ्ना कार्यक्रम बनाँउन ब्यस्त हुनथाले, नेपाल विद्युत प्राधिकरण पनि के कम, मानिस र गाडीको चाप घटेको बेला, यही मौका हो विजुलीको खम्बा सार्ने । बस के चाहिन्थ्यो बिजुली, केबल टिभी र नेट एकै छिनमा चैट । विजुलीको लाइन सहित सतीभए केबल, फोन र नेटका तारहरु । धन्न आजभोलि मोवाइलले गर्दा फोनको प्रयोग कम हुन्छ, नत्र त विपदको बेला फोन नहुँदा अर्को आपत पथ्र्यो । विजुली त्यही दिन बेलुका आए पनि, इन्टरनेट दुई दिनपछि मात्र जोडियो । सबैको समस्या उही त हो नि । कोभिडको कारणले जनशक्ति जुटाउन गा¥हो भएछ सेवा प्रदायकलाई ।

विपद जोखिम न्यूनीकरणको पहिलो प्राथमिकता सञ्चार हो भनेर हामी सबैले बुझेकै थियौ नी । सञ्चारको माध्यम चुस्त रहेमा विपदसँग जुध्न र जलवायू परिवर्तनका कारणले हुने विपत्तीसँग अनुकुलित हुन भद्दत पु¥याउँछ भन्ने कुरा विपद जोखिम न्यूनीकरणको सेमीनार र भेलाहरुमा प्रसस्तै छलफल भएकै हो । फेरि कता चुक्यौं त हामी ? प्राधिकरणले केही दिन कुरेको भए पनि हुन्थ्यो होला । लकडाउनको समयमा समाचार र विपदलाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी अति महत्वपूर्ण हुन्छ, यसलाई केही दिन नचलाउँ भन्ने बुद्धि किन पलाएन ? कमजोरी हामी सबैमा छ । यो समस्या भनेको विपद जोखिम व्यवस्थापनलाई गम्भीर रुपमा नलिनु र यस्ता कार्यलाई परियोजनाको एउटा कार्यका रुपमा मात्र सीमित गर्नु नै हो । विपदको कुरा गर्दा कोरोना भाइरसबाट जोगिने उपाए अहिले सञ्चारका माध्यमबाट थाहा नपाउने हो भने कसरी व्यवहारमा ल्याउन सक्थ्यौं र ?

अब हेरांै, घरबाट काम गर्न तयार त हामी भयौं तर भएका पुर्वाधारले साथ दिएको छैन । नेटमिटिङ्ग गर्न नेटको गति (स्पीड) पुग्दैन । पटक पटक काटिन्छ । साधारणतया नेट उपलब्ध गराउने सेवा प्रदायकहरुले कार्यालय र घरका लागी फरक फरक प्याकेज सञ्चालनमा ल्याएका हुन्छन् । घरका लागी बाडिँएका नेटको सुविधा एक अङ्गखरा पानी एक हुल प्यास लागेका मानिसको बिचमा राखेर जसले जति सक्यो खानु भनेर दिएको जस्तो छ । जसले जति सक्यो त्यति तानेर लिने । फेरि नेटका सेवा प्रदायक बाटनै सुचना प्राप्त हुन्छ घरमा मिलाएर चलाउनु !

लकडाउनको बेलामा बाहिर जान नमिल्ने भएकोले घर टोलमा एकै चोटी सबैले प्रयोग गरेमा नेटको गति न्यून भई नेटमा मिटिङ गर्न अपर्याप्त हुने रहेछ । यस्तो स्थितिमा घरबाट नेटको गति नै पुग्दैन । के गरेर बसुन आजकलका केटाकेटीहरु यस्तो लकडाउनमा नेट बिना ? पहिलाको जस्तो गुच्चा, तेलकासा, लुकामारी खेल्ने संस्कार दिन सकेनौं हामीले । विकल्पको रूपमा यही माध्यमलाई अपनायौं र अब उनीहरुलाई विकासले दिएको विकल्पको प्रयोगमा कमी ल्याउन सक्ने सामर्थ पनि हामीमा छैन ।

ग्याँस अभाव भएका बेला इन्डक्सनमा ढुक्क भएर खाना पकाउने स्थिति पनि छैन । पटक पटक विजुली जाने र ट्रास्फमर पढ्कने समस्या छ सायद घरमा बिजुली चलाउनेको सङ्ख्या बढी भएर होला । छोरा छोरीको अनलाईन पढाईमा नेटले गर्दा आफ्नैखाले पीडा छ । उनीहरुमा नेटको कारणले गयल भइएला भन्ने चिन्ता छ । डराई डराई तरकारी र खाद्यान्न किन्न जानु पर्ने बाध्यता छ । एकातिर कोरोनाले समात्ला भन्ने डर छ भने अर्कातिर सुरक्षार्कमीले रोक्लान भन्ने डर । तरकारी त बोकेर ल्याउँला तर चामलका बोरा बोकेर घरसम्म पु¥याउन समस्या छ किनकी सवारी साधन चल्न दिइएको छैन । यी दैनिक समस्याको घेराम लकडाउन सकिएपछिको हुनसक्ने आर्थिक मन्दी, काम र घरबार त सोच्नै भ्याइएको छैन । बस वर्तमानमा बाँचिएको छ अहिले ।

यी समस्या हेर्दा हामी विपदका लागि पक्का पनि तयार रहेन रहेछौं । विगतमा बाढी र पैह्रो आए, धेरै पाठ दिए तर केही सिकेनौं । ठूलो भुकम्प आएर सामाजमा हलचल ल्यायो । विपद व्यवस्थापनका केही नयाँ सोच र सिकाई आउँछ कि भन्ठानेको त त्यसलाई पनि हामीले केही महिनामा बिर्सिसक्यौं । अहिले कोभिड माहामारीको त्रास छ सबैमा र कतिपयले त यसलाई जितेर अगाडी पनि बढिसकेका छन् । विगतका विपदले झैं यसले पनि विपद ब्यवस्थापनका त्रुटिहरु सूश्म रुपमा औंल्याइदिएको छ । भोलिका दिनमा योभन्दा पनि डरलाग्दा विपदका घटनाहरु आउने निस्चितै छ भन्ने हेतुले सिकाइलाई आत्मसाथ गर्दै विपदका घटना न्यूनीकारण गर्न उचित पूर्वाधारको विकासमा जोड दिऊँ ।

सञ्चारको कुरा गर्दा गृह मन्त्रालयले सञ्चार मन्त्रालयसँगको सहकार्यमा सञ्चार विज्ञहरुको एक कार्यदल गठन गरौं र विपदको समयमा प्रयोग गर्नु पर्ने रणनीति बनाँऊ, जुन नाफारहित र सेवामुखी होस् । सोही रणनीतिमा आधारित भएर पूर्वाधारहरुको विकास गरौं जसले भविष्यमा हामीलाई विपदका घटनाहरुसँग जुध्न र अनुकुलित रहन मद्दत पु¥याओस् । अरु क्षेत्रमा पनि यसरी नै रणनीति बनाऔं र तयार रहौं । अहिले त केही हप्ता मात्र लकडाउनमा वर्क फ्रम होम होला तर भविष्यमा यो भन्दा ठूलो विपत्ती नआउला भन्न सकिदैन र धेरै समयका लागि घरबाट काम गर्नु पर्ने हुनसक्छ । यसका लागि अहिलेदेखि नै तयारी थालौं ।

Article Source: parisambad.com