Click here for COVID 19 Updates

रुख विना मानव जीवन सम्भव छ ?

रुख विना मानव जीवन सम्भव छ ?

विहान “र्मनिङ्ग वाक”मा निस्कन लागेको बेला छिमेकमा एक बृद्घ ब्यक्ति र बालक रुख रोप्दै गरेको देख्दा एक छिन नजिक गएर हेर्न मन लाग्यो । “बाबु हाम्रो जीवनमा हामीले धेरै रुख रोप्नु पर्छ” । करिब पाँच वर्षको एक बालकलाई ७० वर्ष काटेका हजरबुबा बगैचामा रुख रोप्न सिकाउँदै थिए । रुखको विरुवा तिमी जस्तै सानो हुन्छ । यसलाई राम्रोसँग समालेर यसरी खाडलमा हाल्नु पर्छ भन्दै खनेर मल हालिराखेको खाडलमा रुखको विरुवा रोपेर पानी हाल्दै थिए, हजुरबुवा । तेतिनै खेर आमा बालकलाई खाजा खान बोलाँउछिन् । भोकले भुतुक्क भएको बालक हजुरबुवाबाट भाग्ने निहँु पाएकोमा दर्गुदै आमाकहाँ पुग्छ ।

किन हरीयाली बनाँउनु पर्छ ? बालक फेरी प्रश्न गर्छन् ।

जबाफ आँउछ, “यस्ले अक्सिजन दिन्छ र हामी सास फेर्न पाउँछौ” । कुरा तेतिमै टुङ्गीन्छ । म आफ्नो बाटो लाग्छु ।

हामीले किन रुख रोप्नु पर्छ ? सानो बालकको त्यो प्रश्न मेरो मनमा गढेको छ । यसो इन्टरनेटमा गएर समाचार हेरुँ भनेर लाग्दा आँखा हाम्रो बायूमण्डलमा बढ्दो कार्वन डाइअक्साइडको मात्रामा पर्छ । करीव २० बर्ष अघि कक्षा १२ मा वातावरण बिषय पढाउने क्रममा वायुमण्डलमा कार्बन डाईअक्साइडको मात्र ३८० पीपीएम (पार्ट पर मिलियन) भनेर पढाएको जस्तो लाग्छ । पीपीएममा वायूमण्डलको कार्बन डाईअक्साइडको मात्रा नपिने गरिन्छ । हिजोआज ४१३ पिपिएम पुगेको छ भन्दा म छक्क पर्दै हजुरवुवाले बालकलाई भनेको कुरा सम्झन थाँले । साच्चैनै १२ प्रतिशतले पहिलाको भन्दा कार्वन डाइअक्साइडको मात्रामा बढेको रहेछ । यदि यो वीस वर्षमा विश्वभर रुखको विनास नर्गने र अरु रुखहरु लगाएको भए कार्वन डाईअक्साइडको मात्रा यसरी डरलाग्दो रुपमा बढ्ने थिएन कि ? रुख र जलवायु परिर्वतनको प्रत्यक्ष सम्बन्ध म देखिराखेको थिएँ ।

carbondioxide

स्रोतः www.co2levels.org
 

विश्वको कुरा त परको हो हाम्रो शहर वरपर नै हेरौं । खै कहाँ गए ती रुखहरु ?

यति धेरै नेताहरु जन्माउने यो देशले एक सही योजनाकार किन जन्माउन सकेन् जस्ले वातावरण र विकासलाई सगँ सगै लग्न सकोस् । आजको यस युगमा घर र रुखको प्रतिस्पर्दामा बिचरा रुखले हार्नु प¥यो । जुन हाम्रा लागि दुभाग्यको कुरा हो ।

विकासका नाममा रुखहरु काटिन लागेको देख्दा हाम्रा अघिल्ला पुस्ताका आत्महरु कति रुन्छन् होलान् ? उनीहरुले त रुखलाई आफ्नो दिनचर्यामा राखेका थिए । रुखबाट ठाँउको नाम राखिन्थ्यो । पिपलबोटे र खरिबोटका नाम भएका धेरैनै ठाँउहरु हामीले सुनेकै छौं । त्यस्तै चाड पर्व आदिमा पनि रुखको विशेष महत्व रहको छ । काठमाडौ, भक्तपुर, ललितपुर र किर्तिपुर सबै ठाँउमा मनाइने मछिन्द्रको जात्रामा रुखबाट बनेको रथनै प्रयोग हुन्छ, मन्दिरमा प्रयोग भएका झ्याल, ढोका र टुडाँलहरु सबैनै काठले बनेका हुन्छन् । फागु पूर्णीमामा बसन्तपुरमा गाडिनेदेखि भक्तपुरको बिस्केट जात्रमा ठडाँइने लिङ्ग पनि त रुखकै हुन । केही कुराको छलफल र निर्णय गर्नु प¥यो भने रुखको फेदमा बनेको चौतारामा बसेर गरिन्थ्यो । फेरि हाम्रा घरका झ्याल, ढोका, कुर्सी, टेवल आदि सबै काठकै हुन । खै किन बिर्सेका यी कुराहरु हामीले । के हामीले साँच्चनै त्यो पाँच वर्षको बालकझै रुखको महत्व नबुझेकै हो त ?

यी प्रश्नहरु मनमा खल्दै गर्दा म टेलिभिजन खोल्न पुग्छु । फेरि प्रसङ्ग निजगडको विमानस्थल बनाउन ७,६३,४८० रुख काट्नु पर्ने रे । गत हप्ता मात्रै मनसुनको आगमनको समयमा भएको गर्मीले उकुसमुकुस रात बिताउन कति गाह्रो परेको थियो हामी सबैलाई ।
दुई÷तीन महिना जति अगाडि तराईमा आएको आँधी, हुरी र अहिले मनसुनको चरित्रमा फेरबदल भएको देखिराखेका छौं । फेरि किन तयार छौं त यति धेरै रुख काट्न ? यति धेरै रुख काटेमा विमानस्थल बनाउन रकम त जुट्ला तर तराईको तापक्रम गर्मीको समयमा कति पुग्ने हो, त्यो पानी, जमिन र रुखमा आश्रित रहेका चरा र जनावरहरु कसरी बाच्लान ? यो मात्र हो त, यस्ता गतिविधीले जलवायु परिर्वतनको असरहरुलाई धेरै बृद्घि गर्ने छ । बाढी, पैह्रो, खडेरी, आँधीका घटना र तीब्रतामा बृद्घि भईराखेको छ र अझ हुने छ । यस्तो स्थितिमा घर बाहिर काम गरेर जीविका चलाउनेहरु कसरी बस्छन् होला त्यो गर्मीमा ? त्यो तराईको टनटलापुर धाममा एक मात्र रुखको सहारा पाउँदाको आनन्द बुझ्न त्यही गर्मीमा बस्ने मानिसलाई सोधौं रुखको महत्व । जंगलको महत्व वुमm्न पारिस्थितिक प्रणालीलाई एक पटक नियालौ त । उत्तर आफैं पाउँछौ ।

tree with bird nest by Kanchan Mani Dixit - ISEt Nepalआजको विहान पनि निकै गर्मी छ, करिव छ बजेको छ, तर हप्प छ आगोको राप आएजस्तो । मोबाइलको घन्टी बज्छ । साथी योगेन्द्र आज रानीबारीमा र्मनिङ्ग वाक जाऊँ भन्ने प्रस्ताव राख्छन् । काठमाडौको चक्रपथ भित्र भएको यो एक मात्र सामुदायिक वन जस्मा अहिले ६७ प्रजातीका चराहरु पाईन्छन् भन्ने सुनेको थिएँ । विहान काठमाडौको प्रदुषित वातावरणलाई बिर्सन धेरै ठाँउबाट मानिसहरु आउने र स्वस्थ वातावरणमा प्रकृतिसँग समय बिताउने रैछन् यहाँ । शितल र शान्त यो बनमा धेरै रुखहरुलाई यस्तो माया गरेर जर्गेना गरेको देख्दा, समुदायको हातमा पर्दा यस्तो पनि गर्न सकिने रैछ भने दरवारमार्ग वा भक्तपुर जाने बाटोमा रहेका ती रुखहरु अब काटिएका ठुटा मात्र सिमित छन् । समुदायको हातमा हुँदो हो त यी ठाँउहरुमा कति हरियाली हँुदो हो । रुखले दिने धेरै फाइदा मध्ये वातावरणमा प्रदुषणको मात्रा संतुलन गर्नु एक हो । यस्ले वातावरणमा उड्ने धुलाका कणहरुलाई नियन्त्रण गर्न मद्दत गर्छ । वातावरणमा भएको कार्वनका कणहरु सोसेर कार्वनको मात्रा सन्तुलनमा राख्छ ।

के साँच्चिनै हामी फर्कन नसक्ने बाटोमा पुगेका छौ त ? माथिकै कुरा दोह¥याउने हो भने कार्वनको मात्रा ४१३ पीपीएम पुगिसकेको छ । अबको एक मात्र उपाए भनेको रुखलाई माया गरौं । सकिन्छ भने रुख रोपौं अन्यथा भएका रुख नकाटौं । वातावरणको कार्वन सोस्न रुखभन्दा सजिलो र सस्तो उपाय केही छैन् । कुरा आउँछ, रुख कस्ले रोप्ने त ? यो कस्को दाइत्व हो ? जनावर, चरा र किरा बाहेक, स्वास–प्रस्वास गर्ने सबैको दायित्व मात्र हैन, कर्तब्य पनि हो । चराले पनि त रुखको विउ ओसार पसार गरेर हरियाली गर्न मद्दत नै पु¥याएको हुन्छ । त्यस्तै किराहरु र मौरीले पनि पराग सेचन गरी मद्दत नै पु¥याएको हुन्छ । त्यसैले अहिले पनि समय छ । रुख रोपौं र रोप्न मद्दत पु¥याऊँ । यसको उदाहरण किर्तिपुरबाट शुरु भैसकेको छ, हालसालै किर्तिपुरको मेयरले एक घर दुई विरुवाको नारा शुरु गरेको पढेको थिएँ । यस्मा सबैको भलो छ । काठमाडौं र अन्य नगरपालिकाले यही नारा पछ््र्रयाउनु पर्ने हुन्छ । अबका दिनमा त्यो सानो बालकले सोधेको प्रश्नको उत्तर दिन उनका आमाले जस्तो हामीले हिचकिचाउनु नपरोस् । रुख नै हाम्रो प्यारो साथी हो र यस्ले हामीलाई बाँच्न मद्दत गर्छ भन्ने सरल उत्तर सबैको हृदय र मुखमा सधै आइरहोस् ।

कञ्चन दीक्षित

Article posted at www.parisambad.com on July 6, 2019