जीव विकासका प्रमाणहरू

जीव विकासका प्रमाणहरू दिनानुदिन थपिंदैछन््, तथापि ती कहिल्यै बलिया हुन सकेनन््” रिचर्ड डकिन्सको द गे्रटेस्ट शो अन अर्थ ः द एभिडेन्स फर एभ्युलुसन (जीव विकासका प्रमाणहरू) पुस्तकको भूमिकाको पहिलो वाक्य हो । सन्् १९७६ मा डकिन्सको पहिलो पुस्तक सेल्फिस जीन (स्वार्थी वंशाणु प्रकाशित भएपछि उनी निकै चर्चामा आए । डकिन्सको यो पछिल्लो  पुस्तक ‘जीव विकासका प्रमाणहरू’ जीव विकास सिद्धान्तका प्रतिपादक चाल्र्स डार्विनको २००औं जन्मजयन्ती तथा उनको ओरिजिन अफ स्पेसिज (प्रजातिको उत्पत्ति) नामक प्रसिद्ध पुस्तक प्रकाशनको १५० औं वार्षिकोत्सवको अवसरमा छापिएको कृति हो । लेखक रिचर्ड डकिन्स प्राज्ञिक पृष्ठभूमिले डार्विनका अनुयायी त हुन्् नै, सृष्टिवादका कटु आलोचक पनि । कुनै समय अक्सफोर्ड विश्वविद्यालयमा जीव विज्ञानका प्राध्यापक समेत रहेका रिचर्ड
डकिन्स धार्मिक रीतिरिवाज र अन्धपरम्पराको विरोधमा खुलेरै अभियान चलाउँछन्् । ईश्वरवादीलाई एक र अनीश्वरवादीलाई सात अङ्क दिने उनको मापनमा उनी आफूलाई ६.९ अङ्क दिने गर्छन्् । सृष्टिवादले बाइबल वा धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार जीव र जगत ईश्वरीय सृष्टि हुन्् भन्ने विश्वास राख्दै जीवनको विकासवादी
सिद्धान्तलाई निषेध गर्छ ।Baishakh-2074

http://isetnepal.org.np/wp-content/uploads/2018/12/Baishakh-2074.pdf