Click here for COVID 19 Updates

गरौं, चर्पीका कुरा

सार्वजनिक कार्यालयहरूका शौचालय सफा–सुग्घर राख्न अभियानै शुरू गरौं। फोहोर चर्पी असभ्यताको प्रतीक हो।
कर्णाली नदी किनारको राकम पुग्दा झमक्कै साँझ् पर्‍यो । सन्दर्भ थियो, तेस्रो नदी शिखर सम्मेलन । आयोजकले तोकिदिएको पालमा सामान राखेपछि व्यवस्थापकलाई सोधें, “प्राकृतिक आवश्यकता पूरा गर्ने ठाउँ कता हो ?” टाँगिएका पालदेखि केही पर लहरै प्लाष्टिकका कोठा बनाइएका थिए, शौच र स्नानस्थल । तीन दिनसम्म महिला, पुरुष, विदेशी, वर्तमान र पूर्वमन्त्रीहरू नित्यकर्मका लागि त्यता पुग्थे । प्लाष्टिकका कोठाभित्र टुक्रुक्क बस्नु पर्ने प्यान थिए ।

Read more