Click here for COVID 19 Updates

काठमाडौंबाटै छ्याङ्ग देखियो सगरमाथा (तस्वीरहरू)

बन्दाबन्दीपछि वायु प्रदूषणमा सुधार भएर आकाश खुल्न थालेको छ। विगतमा धमिलो देखिने काठमाडौंको आकाश पनि सफा र सिनित्त देखिंदा तागजी महसुस भएको छ। आकाश यस्तै सफा रहेको २८ वैशाखको साँझ काठमाडौंको चोभारबाट आभुषण गाैतमले मनमोहक तस्वीरहरु खिचेका छन्। जसमा धेरै वर्षपछि काठमाडौं उपत्यकाबाट २०० किमी टाढा रहेको सगरमाथा समेत देखियो।

बन्दाबन्दीले सवारी साधनको कार्बन उत्सर्जनमा कमी आउँदा नेपाल र भारतको उत्तरी क्षेत्रको वायुमण्डल सफा भएको छ। आकाश यति छ्याङ्ग खुलेको छ, भारतको चण्डीगढबाट हिमालय शृङ्खला र सिलगुढीबाट कञ्चनजंघा देखिन्छ। र, धेरै वर्षपछि काठमाडौं उपत्यकाबाट सगरमाथा समेत छ्याङ्ग देखियो।

काङ नाचुगो र चोबुत्से हिमाल पछाडि सगरमाथा (एरोमा देखाइएको) । काङ नाचुगो र चोबुत्से हिमाल पछाडि सगरमाथा (एरोमा देखाइएको) ।

आवतजावतमा रोक लागेर खनिज इन्धनको खपतमा ठूलो कमी आए पनि गएको अप्रिल महीनामा काठमाडौंको वायुको गुणस्तरमा अपेक्षित सुधार भएन। अप्रिलको शुरुवातमा धादिङ, नुवाकोट तथा चितवनको जंगलमा लागेको डढेलो, खुला स्थानमा फोहोर जलाउने प्रवृत्ति तथा अन्तरदेशीय तुँवालोका कारण वायुको गुणस्तर अपेक्षित सुध्रन नसकेको हो।

यद्यपि बन्दाबन्दीले के देखायो भने, सवारी साधनबाट उत्सर्जन हुने कार्बन कटौती गरेर काठमाडौंको वायुको गुणस्तरमा व्यापक सुधार गर्न सकिन्छ। खुलेको आकाश र हिम शृङ्खलाको मनमोहकता देखाउने यी तस्वीरहरू त्यसैका दृष्टान्त हुन्।

काठमाडौं उपत्यका र हिमशृङ्खलाको विहङ्गम दृश्य । बायाँबाट दायाँतिर क्रमशः गाङ्छेन्पो, उर्किन्माङ, काङ्स्रुम, गुर्कापो रि, दोर्जे लाक्पा, लोन्पोगाङ, ग्याल्जेन पिक, फुर्बी घ्याचु, चोबा भमरे, गौरीशंकर, काङ् नाचुगो, सगरमाथा र चोबुत्से । काठमाडौं उपत्यका र हिमशृङ्खलाको विहङ्गम दृश्य । बायाँबाट दायाँतिर क्रमशः गाङ्छेन्पो, उर्किन्माङ, काङ्स्रुम, गुर्कापो रि, दोर्जे लाक्पा, लोन्पोगाङ, ग्याल्जेन पिक, फुर्बी घ्याचु, चोबा भमरे, गौरीशंकर, काङ् नाचुगो, सगरमाथा र चोबुत्से ।

 

गुर्कापो रि, दोर्जे लाक्पा, लोन्पोगाङ र ग्याल्जेन पिक । गुर्कापो रि, दोर्जे लाक्पा, लोन्पोगाङ र ग्याल्जेन पिक ।

 

काठमाडौं उपत्यकामा फैलिंदो शहरसँगै ५० किमी उत्तरतर्फका गाङ्छेन्पो, काङ्स्रुम, गुर्कापो रि, दोर्जे लाक्पा, लोन्पो गाङ, ग्याल्जेन पिक, फुर्बी घ्याचु।
काठमाडौं उपत्यकामा फैलिंदो शहरसँगै ५० किमी उत्तरतर्फका गाङ्छेन्पो, काङ्स्रुम, गुर्कापो रि, दोर्जे लाक्पा, लोन्पो गाङ, ग्याल्जेन पिक, फुर्बी घ्याचु।

 

काठमाडौंको पश्चिममा बौद्ध हिमाल, हिमालचुली र मलास्लुको साथमा काठमाडौंबाट देखिएको सूर्यास्त ।

काठमाडौंको पश्चिममा बौद्ध हिमाल, हिमालचुली र मलास्लुको साथमा काठमाडौंबाट देखिएको सूर्यास्त ।Article Source: www.himalkhabar.com